धनगढी १९ बैशाख/दोश्रो चरणमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट संविधान सभा सदस्य रबनी चौधरीको निधन भएको छ । धनगढीको नवजीवन अस्पतालमा उपचाररत उनको आइतबार दिउँसो निधन भएको पारिवारिक स्रोतले बताएको छ ।
कलेजो र मृगौलाको समस्याले ग्रसित उनी शनिबार अस्पताल भर्ना भएकी थिइन् । आईतबा्् उनको कोरोना परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएका थियो ।
आइतवार एक्कासी स्वास्थ्यमा समस्या आएर उनको ज्यान गएको बताइएको छ ।जिल्लाको लम्कीचुहा नगरपालिका-६ बागमारा निवासी ४४ वर्षीया चौधरी २०७० सालको संविधान सभामा नेकपा एमालेबाट संविधान सभा सदस्य थिइन् ।