प्रथम स्वास्थ्यकर्मी फुटसल प्रतियोगिता धनगढीमा सुरु भएको छ । ¥यामपेज फुटसल क्लबको आयोजनामा स्वास्थ्यकर्मी फुटसल प्रतियोगिता धनगढीको फ्ल्याटल्याण्ड फुटसलमा सुरु भएको हो । प्रतियोगिताको प्राईभेट हस्पिटल एसोसिएसन सुदुरपश्चिमका अध्यक्ष जनकराज जोशीले उद्घाटन गर्नुभयो । उहाँले सुरुमा केक काटेर त्यसपछि रेफ्रीलाई बल हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गर्नुभएको हो ।

चार दिनसम्म चल्ने प्रतियोगितामा विभिन्न ८ वटा टीमले सहभागीता जनाएका छन् । सहभागी टीमलाई दुई समुहमा विभाजन गरिएको छ । एक समुहमा चार चार टीम राखिएको छ । नकआउटका आधारमा हुने प्रतियोगिता सिधैं क्वाटरफाईनलबाट सुरु भएको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा ¥यामपेज फुटसल क्लब विजयी भएको छ । आयोजकले नवजीवन अस्पतालाई ५—१ ले हराएको हो । जितसँगै समुह एमा रहेको ¥यामपेज फुटसल क्लब सेमिफाईनल प्रवेश गरेको छ । सेमिफाईनलमा ¥यामपेजले गेटा आँखा अस्पताल र सिटी पोलि क्लिनिकबीचको विजयी टीमसँग खेल्नेछ । यस्तै पहिलो दिन भएको अर्को खेलमा निसर्ग अस्पताल विजयी भएको छ । सिपी अस्पताललाई ५—२ ले हराउँदै निसर्ग पनि सेमिफाईनल पुगेको छ । समुह वी मा रहेको निसर्गले फाईनल प्रवेशका लागि नोभा अस्पताल र माया मेट्रो अस्पतालको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिताको विजेताले नगद १० हजार तथा उपविजेताले नगद ५ हजार सहित ट्रफी मेडल र प्रमाण पाउने आयोजक ¥यामपेज फुटसल क्लबका अध्यक्ष हरिसिंह धामीले जानकारी दिनुभयो ।