धनगढी: नेपाल पत्रकार महासंघ कैलालीको अध्यक्षका उम्मेदवार रहेका श्रवण देउवाले मतदाताहरुलाई धन्यवाद ज्ञापन गरेका छन्। बिहीबार सकिएको निर्वाचनमा आफुलाई मत दिने मतदाताप्रति उच्च सम्मान रहेको भन्दै देउवाले धन्यवाद ज्ञापन गरेका हुन्।
उनले सामाजिक सन्जाल मार्फत मतदातालाई धन्यवाद ज्ञापन गर्दै भनेका छन्, ‘राजनीतिमा मेरो यात्रा अझै सशक्त रहनेछ । म मत संख्यामा हारको परिणाम आएपनि तपाईंहरू बिश्वास जित्न सफल भएको छु । चुनाव जितेर खुशी हुने र हारेर आक्रोश हुने होईन । बरू मतदाताको अझै मन जित्ने प्रयास गर्नेछु । सडकमा धेरै घुम्तीहरू हुन्छन् र अर्को घुम्तीमा अझै भेटिनेछु । त्यति बेला अवस्य साथ पाउनेछु ।
नेपाल पत्रकार महासंघ कैलालीको अध्यक्षमा बिजेता मेरा मित्र हिमाल जोशीलाई बधाई दिन चाहन्छु । तथा नेपाल प्रेस युनियनले नेतृत्व गरेको लोकतान्त्रिक ब्यवसायिक श्रमजिवी पत्रकारको संयुक्त प्यानलका उम्मेदवारहरुलाई अमुल्य मतदान गर्नु भएकोमा नेपाल पत्रकार महासंघ कैलालीका सदस्यहरुप्रति हार्दिक धन्यवाद तथा आभार प्रकट गर्दछु ।
निर्वाचनमा खटिनु भएका निर्वाचन समितिका पदाधिकारी, सुरक्षाकर्मीहरु लगायतलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु । मलाई विश्वास गरेर भोट दिने ७९ जनाप्रति अझ बढी आभार, कुल १९३ मतदाता रहेका पत्रकार मात्रै होईन म कैलालीको सम्पुर्ण पत्रकारको हकहितका लागि सधै मेरा काध बलियो बनाएर अघाडी बढ्दै जानेछु । मैले जित सम्झेको छु । मेरा एजेन्डा स्थापित गर्न संघर्ष जारी राख्ने छु । महासंघको अध्यक्षमा निर्वाचित हिमाल जोशी ज्यूलाई पुन बधाई र कार्यकाल सफलताको शुभकामना, फेरि एक पटक सबैप्रति नमन।’
प्रेस युनियन कैलालीका अध्यक्ष समेत रहेका देउवा महासंघको निर्वाचनमा प्रतिद्वन्द्वी हिमाल जोशी संग ७ मतको मतान्तरले पराजित भएका हुन्। सँख्यात्मक हिसाबले हार बेहोर्नु परेपनी मतदाताहरुले देउवा डाईनेमिक लिडर भएको प्रतिक्रिया जनाएका छन् ।