धनगढी, फाल्गुन १२/ संसद् पुनःस्थापना गर्न आदेश दिने सर्वोच्च अदालतको फैसलापछि नेपाल कम्युनिष्ट पार्टी प्रचन्ड माधव समुह कैलालीले प्रतिनिधि सभाको मर्यादाको रक्षा भएको जनाएको छ।
पार्टी जिल्ला कमिटिको कार्यालयले एक बिज्ञप्ती जारी गर्दै उक्त फैसला स्वागतयोग्य भएको जनाएको हो। पार्टी जिल्ला कमिटिले अदालतको फैसला एेतिहासिक भएको भन्दै उक्त निर्णयको स्वागतका साथ धन्यवाद ज्ञापन समेत गरेको छ।
ओलीको कदमका बिरुद्ध अदालतले गरेको निर्णयले लोकतान्त्रको रक्षा हुने प्रचन्ड माधव समुहको दावी छ। हेर्नुहोस् यस्तो छ विज्ञप्ति….
