काठमाडौं, ११ फागुन/ सर्वोचच अदालतले ससद् पुनर्स्थापनाको फैसला गरेपछि नेपाली कांग्रेसका नेता गगन थापाले सबैलाई बधाइ दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत् संसद् पुनःस्थापनाको बधाइ दिएका हुन् ।
नेता थापाले संविधानविरुद्ध षडयन्त्र र सेटिङको शासन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको दुस्साहसलाई खारेज गर्दै सर्वोच्चले संविधानको रक्षा गरेको बताएका छन् ।
“हामी सबैलाई बधाइ १ संविधानविरुद्ध षडयन्त्र र सेटिङको शासन गर्ने प्रधानमन्त्रीको दुस्साहसलाई खारेज गर्दै सर्वोच्च अदालतले संविधानको रक्षा गरेको छ ।
अदालतले विना भय र दवाव, विवेकसम्मत रुपमा संविधानको पक्षमा दृढतापूर्वक आफूलाई उभ्याउदै न्यायालयप्रतिको जनविश्वासलाई थप उच्च बनाएको छ,” नेता थापाले फेसबुकमा लेखेका छन् ।
