ओम प्रकाश पुन/
जनयुद्ध तिमी
प्रचण्ड बनेर आयौ
किरण बनेर आयौ
बादल बनेर आयौ
लालध्वज बनेर आयौ
विप्लव बनेर आयौ
गौरब बनेर आयौ
वर्षा बनेर आयौ
हुरी बनेर आयौ
तिमीले
जनसत्ता जनमायौ
जनसेना जनमयौ
जनअदालत जनमायौं
नयाँ विचार जन्मायौ
नयाँ नेता जन्मायौं
योद्धा जनमायौँ
शहीद जन्मायौँ
हो तिमीले
आकाश थरकायौ
धर्ती हल्लायौ
सागर छल्कायौ
ज्वालामुखी फुटायौ
सुनामी ल्यायौ
मजदूर उठायौ
किसान उठायौ
आदिवासी उठायौ
दलित उठायौ
महिला उठायौ
राजतन्त्र ढाल्यौ
गणतंत्र ल्यायौ
मुक्ति मार्ग देखायौ
पहिचान दिलायौ
स्वाभिमान बढायौ
आशा देखायौ
तर जनयुद्ध
तिम्रो लक्ष्य पूरा नहुँदै
तिम्रो सपना साकार नहुँदै
केही धोके बाजहरुले
केही गद्धारहरुले
तिमीलाई धोका दिएका छन्
तिमीलाई बीचमै छोडेका छन्
तिम्रो अपमान गरेका छन्
रत फेरि पनि
तिम्रो निरन्तरतामा
तिम्रो सफलतामा
विप्लव हरु उठेका छन्
किरणहरू जुटेका छन्
ऋषि र आहुति हरु जुटेका छन्
अरु अरु पनि जुट्दै छन्
सबै एकिकिकृत हुँदै छन्
तिमी पनि बयस्क भएका छौ
तिम्रो माग पनि बढेको छ
तिम्रो आबस्यकता पनि खड्किएको छ
तिमीले फेरि हुंकार गर्नु छ
तिमीले फेरि उडान भर्नु छ
त्यसैले तिम्रो
२६औ वर्ष गाँठोमा
सलाम छ तिमीलाई
शुभकामना छ तिमीलाई ।।।
मिति २०७७ फागुन १ गते शनिबार
हाल कैलाली कारागार धनगढी
