सुदूरपश्चिम प्रदेश मन्त्रीपरिषद्को बैठकले सेती र महाकाली अस्पताल विकास समितिका अध्यक्षको नियुक्ति गरेको छ। गठन आदेश मन्त्रीपरिषद्बाट पारित भएको झण्डै ६ महिनापछि सेती र महाकाली अस्पतालले विकास समितिको अध्यक्ष पाएको हो।
बुधवार बसेको प्रदेश मन्त्रि परिषद्को बैठकले सेती अस्पतालमा दुर्गादत्त जोशी र महाकाली अस्पतालमा कृष्णदत्त जोशी ’बोक्सर’ लाई अध्यक्षमा नियुक्त गरेको हो। सुदूरपश्चिमभरीका अस्पतालहरु झण्डै १३ महिनादेखि विकास समिति विहिन थिए।
सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले अस्पताल व्यवस्थापन गठन आदेशको स्वीकृतीका लागि मन्त्रीपरिषदमा फाईल पठाएपछि मन्त्रीपरिषद्को पौष १८ गतेको निर्णयले गठन आदेश पारित गरेको थियो। १५ शैयामाथिका सवै अस्पतालमा विकास समिती गठन गर्नुपर्ने हुन्छ।