टेक सिँह धामी, धनगढी,माघ १८/ बैतडीको सिगास गाउपालिका सरसफाइ गरिएको छ । सिगास २ को रहेको गाजरी बजार सरसफाइ गरिएको हो ।

आईतवार सिगास युवा सञ्जाल र नेपाल रेडक्रस उपसाखा गाजरीले गाजरी बजार क्षेत्रमा सरसफाइ गरेको धुर्व भुलले बताए ।
उनले फोहोरका कारण बजार क्षेत्र अब्यवस्थित र कुरुप बन्दै गएको र सरसफाइका लागि युवाहरु जुटेको बताए । गाजरी बजारक्षेत्र र शिव मन्दीर परिसरमा सरसफाइ गरिएको भुलले जानकारी दिए ।

सञ्जालले गरेको पछिल्ला सरसफाई सँगै अन्य कार्यक्रमहरु गर्ने जनाएको छ ।