काठमाडौं । एभर्टनका हेनरी ओनेकुर मोनाकोमा आबद्ध भएका छन् । आगामी ५ वर्षका लागि हेनरी मोनाकोमा आबद्ध भएका हुन् ।
नाइजेरियाका २२ वर्षिय हेनरी २०१७–०१८ को सिजनमा फ्रेन्च क्लब आरएससीमा लोनमा आबद्ध भए । एभर्टनमा आबद्ध भए पनि प्रिमिएर लिगका खेलमा समावेश नगरिएका उनी आरएससीमा लोनमा गए ।
आरएससीका लागि उनले १९ खेलमा ९ गोल गरे । त्यसपछि उनी फेरि लोनमा टर्किस क्लब गालातासारे पुगे । त्यहाँ उनले ३१ खेलमा १४ गोल गरेका थिए ।