• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

अस्ट्रेलियाली आमनिर्वाचन : मरिसन पुनः प्रधानमन्त्री बन्ने 

क्यानबेरा — अस्ट्रेलियाको प्रधानमन्त्रीमा स्कट मरिसन पुनः निर्वाचित हुने भएका छन् । उनको नेतृत्वको गठबन्धनले सरकार बनाउनका लागि आवश्यक बहुमत ल्याउने करिब निश्चित भएकाले उनी पुनः प्रधानमन्त्री हुने स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

निर्वाचन आयोगका अनुसार ७६ प्रतिशत मतगणना सकिँदा मरिसन नेतृत्वको गठबन्धन ७५ सिट विजयी भइसकेको छ । मतपरिणाम सार्वजनिक भएलगत्तै बोल्दै मरिसनले ‘आफूले सधैं आश्चर्यमा विश्वास गर्ने’ प्रतिक्रिया दिए । विजयी भाषणका क्रममा मरिसनले मतदातालाई धन्यवाद दिंदै आफूले जनताको अपेक्षाअनुसार अघि बढ्ने बताए ।

चुनावी सर्वेक्षणहरूले ५ वर्षमा पहिलो पटक लेबर पार्टीले विजयी हुने देखाएका थिए । तर निर्वाचनमा पराजित भएसँगै विपक्षी दल लेबरका नेता बिल सर्टनले राजीनामा दिइसकेका छन् ।

अन्तिम मतपरिणाम सार्वजननिक नभइसके पनि मरिसन नेतृत्वको लिबरल-नेसनल गठबन्धनले सरकार बनाउने पक्का भइसकेको छ । सरकार गठनका लागि आवश्यक बहुमतका लागि ७६ सिट आवश्यक पर्छ । गठबन्धनले बहुमत पुर्‍याउन केही स्वतन्त्र सांसदको समर्थन जुटाउने जनाइएको छ ।

परिणामअनुसार विपक्षी लेबर पार्टी ६५ सिटमा विजयी भएको छ । अस्टे्रलियामा १ सय ५० प्रतिनिधिसभा सदस्य र माथिल्लो सदन सिनेटका ७६ सिटका लागि चुनाव भएको हो ।

अस्टे्रलियामा बालिगमध्ये ९० प्रतिशतले मतदान गरेका थिए । अनिवार्य भोटिङको व्यवस्था भएकाले कुनै खास कारणबिना मतदानमा सरिक नहुनेलाई जरिवान गर्ने गरिन्छ । प्रत्येक ३/३ वर्षमा आम निर्वाचन हुने गर्छ । तर, पार्टीभित्रको आन्तरिक शक्तिसंघर्षका कारण सन् २००७ यता कुनै पनि प्रधानमन्त्री पूरा कार्यकाल पदमा रहेका छैनन् । ९ महिनाअघि माल्कोल्म टर्नबुलाई विस्थापित गर्दै प्रधानमन्त्री बनेका मरिसनले आफ्नो दल लिबरल र नेसनल पार्टीबीच चुनावी गठबन्धन गरेका हुन् ।

सोमबार, जेठ ०६, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

धनगढीमा अनलाइनमार्फत अवैध मुद्रा कारोबार गर्ने दुई भारतिय सहित ९ जना नियन्त्रणमा
सुदुरपश्चिम सरकारको बजेट २३ दिनपछि प्रदेश सभामा टेबुल
चीनको ताक्लाकोट जोड्ने तिङ्कर नाका खुल्यो

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.