धनगढी, माघ २/ सुदूरपश्चिमको कैलाली कञ्चनपुरका थारू बस्ती अहिले गुञ्जयमान बनेका छन् । थारु समुदायको महत्वपूर्ण पर्व ‘माघी’ को रौनक र उमङ्ग उनीहरुको घर आँगन तथा गाउँबस्तीमा छाएको छ ।

आफ्नो वर्षभरीको दुःख, पीडा बिर्संदै आपसमा मिलेर गीत गाउँदै, नाच्दै गाउँघर सिंगारेका नेपालका आदिवासी थारु समुदायका गाउँबस्तीमा अहिले बालबालिकादेखि वृद्धवृद्धालाई मूलतः बुधबारदेखि माघी पर्वको रौनकले छपक्कै छोपेको छ ।

कोरोना भाइरसका कारण देश लकडाउनमा परेसँगै हर्दौवा, अट्वारी, अष्टिमिकीलगायतका मौलिक चाडपर्व मान्न नपाएको थारू समुदायले यसपटक माघी भने धुमधामसँग मनाउन थालेका हृन् ।
