२७ श्रावण, २०७६
आजका पत्रपत्रिकामा अनियमितता र बेतिथीका समाचार प्राथमिकतामा परेका छन् । कान्तिपुर दैनिकमा संसदीय समिति सभापतिहरुको गाडी खरिदमा अनियमितताको आशंका १ महिनामै बिग्रिए ११ गाडी शिर्षकमा प्रमुख समाचार प्रकाशित छ । समाचार अनुसार संघीय संसदका सभापतिका लागि खरिद गरिएका ११ वडा नयाँ स्कार्पियो गाडी एक महिनामै बिग्रिएका छन् ।
सभापतिहरुले गाडी खरिद अनियमितता भएको आशंका गर्दै सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सेना, संसद सचिवालयका महासचिव मनोहर भट्टराईसँग छानविन माग गरेका छन् । सभापतिहरुले शुक्रबार सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई भेटी गुणस्तरहीन गाडी फिर्ता गराउन ध्यानाकर्षण् गराए ।
अन्नपूर्ण पोस्टमा किर्ते बिरुद्ध सेना कठोर शिर्षकमा प्रमुख समाचार लेखेको छ । सेना प्रवेश र बढुवामा किर्ते गर्ने सैनिक अधिकारीविरुद्ध जंगीअड्डाले कठोर नीति लिएको छ । जागिर खान नक्कली प्रमाणपत्र पेस र माथिल्लो पदसम्म पुग्न नागरिकता किर्ते गर्नेहरु कडा सजायको भागीदार हुने भएका छन् । त्यस्तै विप्लवको निसामा स्थानीय सरकार शिर्षकमा समाचार प्रकाशित छ । नयाँ पत्रिका दैनिकले ऋण्मा भारतीय एक्जिम बैंकको कडा सर्त, धेरै सडक अलपत्र शिर्षकमा प्रमुख समाचार लेखेको छ ।


