• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

यस्तो छ आजको पञ्चाङ्ग र राशिफल….?

आजको पञ्चाङ्ग
वि.सं.२०७७ साल पौष ०१ गते । बुधबार । ईश्वी सन् २०२० डिसेम्बर १६ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । मंसिर शुक्लपक्ष । तिथि–द्वितीया,३० घडी २६ पला,बेलुकी ०६ बजेर ५९ मिनेट उप्रान्त तृतीया । नक्षत्र–पूर्वाषाढा,३९ घडी ४८ पला,बेलुकी १० बजेर ४४ मिनेट उप्रान्त उत्तराषाढा । योग–वृद्धि,३६ घडी ५९ पला,बेलुकी ०९ बजेर ३७ मिनेट उप्रान्त ध्रुव । करण–बालव,बिहान ०७ बजेर ४० मिनेट उप्रान्त कौलव,बेलुकी ०६ बजेर ५९ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–श्रीवत्स योग । चन्द्रराशि–धनु । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ४९ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ०९ मिनेट । दिनमान २५ घडी ५१ पला । पौष सक्रान्ति ।

आजको बार बेला ।
बिहान ०६ बजेर ४९ मिनेटसम्म लाभ बेला ।
बिहान ६ बजेर ५० मिनेटदेखी बिहान ८ बजेर ०७ मिनेटसम्म अमृत बेला ।
बिहान ८ बजेर ०८ मिनेटदेखी बिहान ९ बजेर २४ मिनेटसम्म काल बेला ।
बिहान ०९ बजेर २५ मिनेटदेखी बिहान १० बजेर ४२ मिनेटसम्म शुभ बेला ।
बिहान १० बजेर ४३ मिनेटदेखी बिहान ११ बजेर ५९ मिनेटसम्म रोग बेला ।
बिहान १२ बजेर ०० मिनेटदेखी दिउसो १ बजेर १७ मिनेटसम्म उद्वेग बेला ।
दिउसो १ बजेर १८ मिनेटदेखी दिउसो २ बजेर ३४ मिनेटसम्म चर बेला ।
दिउसो २ बजेर ३५ मिनेटदेखी दिउसो ३ बजेर ५२ मिनेटसम्म लाभ बेला ।
दिउसो ३ बजेर ५३ मिनेटदेखी बेलुकी ६ बजेर ५२ मिनेटसम्म उद्वेग बेला ।
नोटःशुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृतबेलाको समय पार्नुहोला ।

राहुकाल
मध्यान्ह ११ बजेर ५९ मिनेटदेखी दिउसो ०१ बजेर १६ मिनेटसम्म रहने ।

आजको राशिफल
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) काम गर्दा साबधानी अपनाउनु होला समय मध्ययम रहेकोछ । धार्मिक प्रतिष्ठान तथा मन्दिरतिरको यात्रा गर्न सकिने भएपनि बाटोमा दुःख हुन सक्छ ख्याल गर्नुहोला । पढाइ लेखाइमा मन जाने छैन भने नतिजा अरुकै पोल्टोमा पर्नेछ । व्यापार व्यावसायमा लगानि गरेपनि तत्काल फाईदा हुने सम्भावना कम रहेकोछ । माया प्रेममा सामान्य मनमुटाबको अवस्था सिर्जना हुनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) घरपरिवारमा मानसिक तनाव, व्यापारमा घाटा, अध्ययनमा अनावश्यक बाधा अवरोध र काममा अपजस व्यहोर्नु पर्ने समय रहेकोछ । सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला,यात्रा घातक बन्न सक्छ । सामाजिक र परोपकारका क्षेत्रमा काम गर्न खोज्दा अवरोध हुनेछ । स्वास्थ्यप्रती समेत सचेत रहनु होला । अनावश्यक यात्रा नगर्नु नै आजको लागी राम्रो रहनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नी बीच मायाको डोरो कसिलो हुनेछ । पारिवारिक यात्रा हुने अधिक सम्भावना रहेकोछ भने यात्राका क्रममा बिभिन्न मनमोहक दृष्यहरु मन मुुटुमा कैद गर्न सकिनेछ । एकल तथा साझेदारी व्यावसाय फस्टाएर जानेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात लाग्नेछ । पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) मन पर्ने साथि तथा आत्मिय मित्रका साथमा रमाईलो गफ गरि दिन व्यातित गर्न सकिनेछ । मामा तथा मावलि पक्षबाट भनेजस्तो सहयोग तथा समर्थन पाईने हुँदा मन खुशि रहनेछ । सत्रु परास्त हुनेछन् भने न्यायलयबाट हुने न्यायिक निर्णयहरु तपाईँकै पक्षमा हुनेछन् । बिद्या तथा प्रतिस्पर्धामा तपाईको नाम अग्र पंत्तिमा आउनेछ भने नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) व्यापार व्यावसायमा लगानी गर्नको लागि केहि समय कुर्नु नै राम्रो रहेकोछ । सन्तान तथा आफन्तसँग मनमुटाव सिर्जना हुन सक्छ ध्यान दिनुहोला । खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या देखा पर्न सक्छ । प्रेम प्रशङगमा रमाउन चाहनेहरुका लागी समय मध्ययम रहेकोछ । तरपनि बैक तथा बित्तिय क्षेत्र शेयर बजारमा गरिने लागानिबाट भने सन्तोषजनक नाँफा कमाउन सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) प्रत्येक काममा बाधाअडचन आउने तथा ढिलो गरी कार्यसम्पादन हुनेछ । आफूले भनेको कुरालाई विपरीत अर्थ लगाई आलोचना गर्न सक्छन् । मित्र वा नातेदारले अपमानित तुल्याउन सक्छन् ध्यान दिनुहोला । सामाजिक र परोपकारको क्षेत्रमा काम गर्न खोज्दा अवरोध हुनेछ । प्रतिष्ठा प्राप्तिका लागि संघर्ष गर्नुपर्छ । स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला । छोटो दूरीको निरर्थक यात्रा हुने योग छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न सकिनेछ । बन्धुबान्धव र दाजुभाइको सहयोग पाईने हुनाले काम गर्न सहज हुनेछ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । वैदेशिक व्यापार,कृषि व्यवसाय र नोकरी गर्नेका लागी समय उत्तम रहेकोछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ । छोटो दुरिको यात्राको प्रशस्त सम्भावना रहेकोछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) बोलिको प्रभाव घट्ने हुनाले बोल्दा वा कुनै निर्णय गर्दा ख्याल गर्नुहोला । व्यापार व्यावसायमा समय दिन नसक्दा भनेजस्तो आम्दानि गर्न कठिन रहेकोछ । साथिभाई तथा आफन्तहरु तपाईको आलोचना गर्न लागी पर्नेछन् । सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ खानपानमा ध्यान दिनुहोला । रुपैया पैसाको कारोबार गर्दा ध्यान दिनुहोला पैसाकै कारणले आफन्त वा साथिभाई बीच मनमुटाव सिर्जना हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) बिशिष्ट व्याक्तिहरुको भेटघाटले नयाँ योजनाहरु बनाउन सहयोग पुग्नेछ । रोकिएर बसेका तथा पुराना कामहरु हल भएर जाने योग रहेकोछ । बिलाशि तथा सुन्दर बस्तुको प्रयोग मार्फत अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले अरुभन्दा अग्र पंत्तिमा तपाईको नाम आउनेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरुका लागी समय उत्तम रहेकोछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) लामो दुरिको यात्राको अधिक सम्भावना रहेकोछ भने विदेशमा उत्पादित सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । सम्मानित काम गरेर चर्चा बटुल्न सकिनेछ भने मान सम्मानमा बृद्धि भएर जाने योग रहेकोछ । टाडाबाट घर फिर्ताको गतिलो योग रहेकोछ । तरपनि अन्य काममा व्यास्त हुनुपर्दा पढाइ लेखाइमा तपाईंको उपस्थिति कमजोर रहनेछ । आफन्त तथा अरुको लागी समय दिनुपर्दा आफ्नो काम थाती रहनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) पैत्रिक धन तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । खाद्यान्न,औषधी तथा निर्माण सामाग्रीको व्यापारमा वृद्धि हुने तथा अन्य सामान्यको कारोबारमा सामान्य मन्दि आउनेछ । कृषि तथा पशुपालनको क्षेत्रमा राम्रो मुनाँफा कमाउन सकिनेछ । प्रणय सम्बन्ध सुदृड हुने तथा घर परिवारका साथ मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्यापार व्यावसायमा लगानी गरि आम्दानी गर्न सकिनेछ । बिवादित बिषयहरु ह्ल भएर जाने तथा पुराना समस्याहरु केही भए थोरै समय दिएर फत्ते गर्न सकिनेछ । नयाँ काम पाउने तथा नोकरिमा बढुवा हुने योग रहेकोछ । समाजिक काम गर्ने वाताबरण बन्ने तथा मानसम्मान,ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । अध्ययन अध्यापनमा मन जानेछ भने माया प्रेममा प्रिय पात्रसँग नजिक हुन पाउदा मन प्रशन्न हुनेछ ।

तपार्ईँको दिन शुभ रहोस् ।

बुधबार, पुष ०१, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.