बाजुरा,२१ साउन-
सोमवार राति देखि आएको अबिरल वर्षासंगैं बुडिगंगा नदीको बहाव एक्कासी बढेको छ । नदीको बहाव बडेपछि बुडिगंगा नगरपालिका र त्रिबेणी नगरपालिकाको वीचमा पर्ने ताप्रीसेरा पुलमाथि बाट पानी बग्न थालेको हो ।
पुलमाथिवाट पानीको बग्न थालेसंगैउक्त पुल जोखिममा परेको छ । तल गुँहीगाड खोला र माथि द्धाराको पहिरो खस्दा वीचमा रहेको उक्त पुल पुरिने खतरा वडेको स्थानीय रन्सिंह थापाले बताए ।
बिशेषगरी बुढिगंगा र त्रिबेणी नगरपालिकाबाट आवागमन गर्ने यात्रुलाई सास्ती भएको स्थानीय बासिन्दाले बताए। । गतवर्ष द्धारी मनागाड पुल बुुढिगंगा नदीले पुरेको थियो ।
पुलमाथिबाट पानी बग्न थालेपछि पैदल यात्रुफर्किएका छन् । त्रिबेणी र बुढिगंगा नगरापालिका जोड्ने चारवटा पुल नदीमा पुरिएपछि बल्देमारहेको एउटै पुलको प्रयोग गर्न बाध्यछन् ।
गुुंइँगाड खोलाले बुढिगंगा थुनिदा केही वर्ष पहिले सेराबगरको पुल पुुरिएको थियो । एक दशकयता त्रिबेणी नगरपालिकाको मौरे देखि द्धारीसम्मका चारवटा पुल बुढिगंगा नदीले पुरीसकेको छ ।
बुढिगंगा नदीको बहाव र सम्भावित वाडिपहिरोको जोखिम लाई मध्यनजर नगरी नदी सतहबाट ३÷४ मिटर माथिबाट पुल निर्माण गर्दा खोला बढ्ने वित्तिकै पुल जोखिमा पर्ने गरेको स्थानीयको गुनासो छ ।
भौतिक पूर्वाधार विकास कार्यालय अछाम –बाजुरा प्रमुख जंगवहादुर थापाले भन्नुुभयो “ बुडिगंगा नदीको बहाव माथिवाट उच्च छ तल गुंईगाड खोले पानकिो वहाव अवरोध गरेको छ । बुढिगंगा नदीको केही भाग डि ग्रेडिङ्गमा परेकोले विगत देखि ढुुंगा गिट्टी बालुवा लगायतका वस्तु थुपार्दे गएको छ ।
पुल प्रोटेक्सन गर्न कटअप मेथर्ड प्रयोग गर्न सथानीय तहका( त्रिबेणी र बुडिगंगा नगरपालिका) प्रमुखलाई डोजर प्रयोग गरी पानीको वहाव खुकुलो गन एक वर्ष अघि जानकारी गराएको तर, कार्यान्वयन नहुंदा पुल पुुरिनेसमस्या आएको हो ।”
द्धारी पहिरो र गुँईगाड खोलामा बृहहत तट्बन्दन नगरेसम्म बुडिगंगा नदी थुनिने बग्ने खतरा यथावत रहने अछाम –बाजुरा पूर्वाधार विकास कार्यलय प्रमुख थापाले बताउनुुभयो । बुडगंगा नदी थुनिदा बाजुराका केही भाग र छिमेकी जिल्ला अछामको बैज्यनाथ सम्मका बस्तीलाई असर पर्ने देखिन्छ ।