एजेन्सी । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले हरेक वर्ष उत्कृष्ट खेलाडीलाई बालोन डी’ओरबाट सम्मान गर्दछ । डी’ओर विश्व फुटबलको उत्कृष्ट अवार्ड हो । डी’ओरको इतिहासमा हालसम्म अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी र पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले समान पाँच–पाँच पटक यो अवार्ड जितेका छन् । उनीहरुले सन् २००८ बाट २०१७ सम्म यो अवार्डमा राज गरेर बसेका थिए ।
बालोन डी’ओर जित्नु सबै खेलाडीको फुटबल जीवनको सबै भन्दा ठूलो सफलता हो । यो सफलतालाई हात पार्न नचाहने खेलाडी सायदै हुन्छन् ।
सन् २०१८ मा क्रोएसियाका कप्तान लुका मोड्रिचले दुवै खेलाडीले गरेको राजलाई टोडे । उनले क्रोएसियालाई विश्वकप २०१८ को फाइनलमा प्रवेश गराउन ठूलो योगदान गरेका थिए । मोड्रिचले २०१८ को फिफा वर्ष खेलाडीको अवार्ड पनि जितेका थिए ।
विश्व फुटबलमा हालसम्म उत्कृष्ट प्रदर्शन गर्ने र बालोन डी’ओर नजितेका खेलाडीहरु पनि छन् । उनीहरु कोही बालोन डी’ओरको मनोनयनमा परेपनि अवार्ड जित्न भने सकेनन् ।
बालोन डी’ओर नजितेका तर अवार्डको हकदार शीर्ष दश खेलाडीको चर्चा स्पोर्टस किडाले गरेको छ ।
१) फिलिप लेहम

फिलिप लेहम सबै समयका विशिष्ट खेलाडीहरुमध्ये एक हुन् । उनले आफ्नो पुस्तामा फुटबलमा छुट्टै छाप पारेका थिए । सन् २००२ मा लेहमले आफ्नो व्यावसायिक फुटबलको जीवन वायर्न म्युनिखबाट गरेका थिए । लगत्तै दुई सिजन खेलेपछि उनी सन् २००५ मा म्युनिख फर्के र त्यसपछि आफ्नो क्लब फुटबल जीवन म्युनिखमा नै बिताए ।
उनी म्युनिखका लागि १२ वर्ष खेले । लेहमले १२ वर्षमा म्युनिखको लागि २१ वटा ट्रफी जिताउन सहयोग गरे । यसैगरी सन् २०१३ मा उनले क्लबलाई ट्रेबल जिताए । पेप ग्वार्डिवलाले उनको सराहना गर्दै भनेका थिए, “मैले प्रशिक्षण दिएको खेलाडीहरु मध्येको बुद्धिमान खेलाडी उनी हुन् ।” उनी यूईएफए टिम अफ द इयरमा पाँच पटक र यूईएफए यूरो टिम अफ द इयरमा दुई पटक परेका थिए ।
तर लेहमले बालोन डी’ओर भने जितेनन् । फुटबलमा अनुभव र उनले गरेको उत्कृष्ट प्रदर्शनलाई मान्ने हो भने उनले बालोन डी’ओर जित्नु पर्ने धेरै फुटबल विशेषज्ञको भनाइ पनि छ ।
२) सर्जियो अग्युरो

अग्युरो पछिल्लो समय फुटबल क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीको रुपमा पर्दछन् । उनी म्यान्चेस्टर युनाइटेडका लागि उत्कृष्ट खेलाडीको रुपमा रहेका छन् । अगुरो सन् २०११ मा सिटीमा आएदेखि उनी विश्व फुटबलमा एक उत्कृष्ट स्ट्राइकरको रुपमा परिचित भए । अगुरोले क्लबको सुरुवात १५ वर्षको उमेरबाट गरेका थिए । १५ वर्षको उमेरमा खेलेको क्लबको नाम हो एट्लेटिको इन्डिपेन्डेन्ट । त्यतिबेला क्लबमा आउने सबैभन्दा युवा खेलाडी अगुरो नै थिए । सन् २००६ मा उनी एट्लेटिको मड्रिडमा गए जहाँ उनले ६ वर्षमा १०१ गोल गरे ।
अग्युरोको क्लब फुटबलको लागि सबैभन्दा यादगार पल २०११ को डेब्यू सिजन नै रह्यो । सिटी फाइनलमा क्विन्स पार्क रेन्जर्स्सित खेल्दै थियो । दुबै टिमले ३–३ गोल गरेका थिए । सिटीलाई जित्नुथियो । अगुरोले ९४ मिनेटमा गोल गरेर सिटीलाई जिताए । अगुरोले ४४ वर्षमा सिटीलाई लिग टाइटल दिलाए । जुन खेललाई इङ्लिस फुटबलको यादगार पल मानिन्छ । क्लबका लागि उनले १० वटा ट्रफी दिलाए । व्यक्तिगत रुपमा भने उनले डन बालोन अवार्ड र प्रिमियर लिग गोल्डेन बुुट प्राप्त गरे ।
तर उनले बालोन डी’ओर जित्न सकेका छैनन् । उनले देशका लागि कुनै ठूलो उपाधि नजितेपनि क्लब करियरमा भने सफल जीवन बिताएका छन् ।
३) ज्लाटन इब्राहिमोविच

इब्राहिमोविच सबैको रुचिमा नपर्न सक्छन् । तर उनको तिलस्मी फुटबललाई नकार्न भने सकिँदैन । इब्राहिमोविचले माल्मो फुटबल क्लबबाट सिनियर करियरको सुरुवात गरेका थिए । उनले धेरै क्लबका लागि खेले । ज्लाटनले अयाक्सबाट सुरु गरेर युभेन्टस, इन्टरनेसनल, बार्सिलोना, मिलान, पीएसजी र युनाइटेडजस्ता उत्कृष्ट फुटबल क्लबमा रहेर क्लब फुटबल जीवन बिताए । उनी जहाँ जहाँ जान्थे, त्यहाँ उनले छाप बसाल्थे । तर पीएसजीमा भने उनको अलिक बेग्लै छाप रहेको छ ।
पीएसजीको सबै प्रतिस्पर्धामा उनले १५६ गोल गरेका थिए । यसैगरी उनले लिग वान ट्रफी पनि दिलाए । उनले राष्ट्रिय टोली स्वीडेनको लागि ११६ खेलमा ६२ गोल गरेका थिए । इब्राहिमोविचले व्यक्तिगत रुपमा गोल्डेन फुट, गोल्डबोलेन ११ पटक अनि फिफा पुस्कस अवार्ड २०१३ पनि प्राप्त गरे ।
आफ्नो करियरमा इब्राहिमोविचले ३२ वटा ट्रफी जिते । तर उनले जति ट्रफी जितेपनि बालोन डी’ओर भने जित्न सफल भएका छैनन् । एउटा सफल खेलाडीको लक्ष्य भनेको बालोन डी’ओर जित्न भने सकेका छैनन् ।
४) फ्रान्सेस्को टोट्टी

फ्रान्सेस्को इटालीका खेलाडी हुन् । उनलाई वन क्लब म्यान भनेर पनि चिनिने गरिन्छ । एएस रोमाप्रति उनको जुनुन थियो । उनको रोमाप्रतिको लगाव देखेर उनी उत्कृष्ट खेलाडी मात्र नभई इमान्दार खेलाडीको रुपमा पनि गनिन्थे ।
टोटीले सिनियर डेब्यूको रुपमा सन् १९९२ मा रोमामा आएका थिए । उनी एउटै क्लबका लागि आफ्नो जीवनको अमूल्य समय २५ वर्ष बिताए । सामान्यतया निकै कम खेलाडी छन् जो एउटै क्लबमा मात्र रहेर जीवन बिताउँछन् । उनी आफ्नो जेनेरेसनको प्रतिभावान् खेलाडीको रुपमा गनिन्छन् । रोमाको लागि उनले ३०७ गोल गरेका थिए । जसमध्ये उनले सिरी ए मा मात्र २५० गोल गरे । उनी लिगमा सबैभन्दा बढी गोल गर्ने दोस्रो खेलाडी हुन् ।
उनी एउटै क्लबबाट सिरी एमा सबैभन्दा बढी गोल गर्ने खेलाडी, सिरी ए कै युवा कप्तानको रुपमा पनि चिनिन्छन् । यसैगरी यूईएफए च्याम्पियन्स लिगमा सबैभन्दा जेठो गोलस्कोररको रुपमा पनि स्थापित छन् ।
उनले २०००–२००१ सिजनमा ८ वटा ट्रफी जितेका थिए । व्यक्तिगत रुपमा भने यूरोपियन गोल्डेन सुुज, सिरी ए इटालीयन फुटबलर अफ द इयर, गोल्डेन बुट पाए । तर उनको नाम बालोन डी’ओरमा अटाएन । उनले फुटबलमा पाएको सफलता र उनको यागदानलाई हेर्ने हो भने उनले बालोन डी’ओर जित्ने खेलाडीको रुपमा लिइन्छ ।
५) मानुअल नेउर

नेउरले आफ्नो व्यावसायिक फुटबल करियरको सुरुवात साल्के ०४ बाट गरेका हुन् । त्यसपछि उनी सन् २०११ मा वायर्न म्युनिखमा आए । उनी विश्वकै उत्कृष्ट गोलरक्षको रुपमा चिनिन्छन् । उनले क्लब र देश दुबैको लागि उपलब्धि हासिल गरेका छन् ।
उनले ५ वटा बुन्डेस लिगा टाइटल जित्नको लागि सहयोग गरेका छन् । सन् २०१४ को विश्वकपमा उनले ७ खेलमा ४ वटा क्लिन सिट जम्मा गरेका थिए । सन् २०१४ को विश्वकप जर्मनीले जित्नुमा उनको महत्वपूर्ण भूमिका रहेको छ । विश्वकपमा देखाएको प्रदर्शनले उनलाई गोल्डेन ग्लोब प्राप्त गरेका थिए । सन् २०१४ मा बालोन डी’ओरको सूचीमा तेस्रो स्थानमा परे उनले अवार्ड भने जित्न सकेनन् ।
६) स्टिभिन गेरार्ड

स्टिभिन गेरार्ड इङ्लिस खेलाडी हुन् । पाँच वर्षको छँदा नै उनी लिभरपुलको एकेडेमीमा भर्ना भएका थिए । १७ वर्षे लामो फुटबल करियर उनले लिभरपुलमै बिताए । लिभरपुलका सम्पूर्ण प्रतिस्पर्धामा उनले ७०० खेलमा १८६ गोल गरे । विशेष गरी उनको करियरको सबैभन्दा राम्रो क्षण सन् २००५ मा बन्यो । त्यो बेलामा उनले लिभरपुललाई च्याम्पियन्स लिग जिताउनमा ठूलो भूमिका रहेको छ । हाफ समय हुँदासम्म लिभरपुलले १ गोल पनि हानेको थिएन । उता मिलानले ३ गोल गरिसकेको थियो । त्यसपछि भ्लादिमिर र जाभीले १–१ गोल गरे र अन्त्यमा एक गोल गेराल्डद्वारा भयो । यसरी गेराल्डको मद्दतले लिभरपुलले पाँचौँ च्याम्पियन्स लिग ट्रफी जितेको थियो ।
उनी व्यक्तिगत रुपमा पनि अनेक अवार्डबाट सम्मानित भए । तर उनी बालोन डी’ओर भने जितेका छैनन् ।
७) आइकर क्यासियास

क्यासियासले आफ्नो करियरको सुरुवात रियल मड्रिडबाट गरेका हुन् । उनले १६ वर्षसम्म मड्रिडको लागि गोलरक्षकको भूमिका खेले । उनले मड्रिडको लागि ७२५ खेल खेलेका थिए । क्यासियास दुर्लभ फुटबल खेलाडी हुन् जसले देश र क्लब दुबैको तर्फबाट धेरै कुरा हात पारेका थिए ।
कासिलस आईएफएफएचएसले पाँच वर्षको लागि विश्वको उत्कृष्ट गोलरक्षकमा राखेको थियो । यसैगरी सन् २०१० मा उनले फिफा वर्ल्डकप गोल्डेन ग्लोब पनि प्राप्त गरेका थिए । यति धेरै उपलब्धि प्राप्त गरेर पनि उनले बालोन डी’ओर पाउन सकेनन् ।
८) बुफन
सामान्यतया फुटबलमा ३६ वर्षपछि धेरैले सन्यास लिन्छन् । निकै कम मानिस छन् जो ४० वर्षपछि पनि फुटबल खेलिरहेका छन् । ती दुर्लभ मानिसहरुमध्ये एक हुन् बुफन । उमेरले बुफनको खेलमा केही असर पारेको छैन ।
पार्माबाट आफ्नो फुटबल करियरको सुरु गरेका बुफन पछि युभेन्टसमा गएका थिए । उनलाई उनका समर्थकले मात्र होइन सारा अरु समर्थकहरुले पनि विश्वको उत्कृष्ट गोलरक्षकको रुपमा चिन्ने गर्छन् ।
बुफनले १००० भन्दा बढी खेल खेलिसकेका छन् । यसैगरी उनले अनेक अवार्डबाट सम्मानित भएका छन् । आईएफएफएचएसले उनलाई गएको २५ वर्षको उत्कृष्ट गोलरक्षकको रुपमा मान्यता दिएको छ । यसैगरी २१ औँ शताब्दीको पनि उत्कृष्ट गोलरक्षक मानेको छ ।
अनेक अवार्डले सम्मानित हुँदाहुँदै पनि उनले बालोन डी’ओर प्राप्त गर्न सकेनन् । सन् २००६ मा उनी बालोन डी’ओरको दोस्रो स्थानमा परे ।
९) जाभी हर्नान्डेज

जाभी स्पेनिश खेलाडी हुन् । स्पेन र बार्सिलोना दुबैको लागि उनले दिएको योगदान अमूल्य छ । उनले एक दशकभन्दा बढी देश र क्लबका लागि खेल खेलेका छन् । जसकारणले जाभीलाई आधुनिक फुटबलका लिजेन्ड भन्ने गरिन्छ । जाभीले बार्सिलोनाको लागि ५०५ लिग गोल खेले जसमा उनले ५८ गोल गरे भने ७३ एसिस्ट गोल गरे । उनको गोलसंख्याको आधारमा परिभाषा गर्नु भनेको उनको अपमान गर्नु हो ।
जाभी बार्सिलोनाका लागि एउटै क्लबमा रहेर धेरै खेल खेल्ने पहिलो खेलाडी हुन् । उनी पछि बार्सिलोनाका हालका कप्तान लियोनल मेस्सी छन् । जाभीले हालसम्म बालोन डी’ओर जित्न भने सकेका छैनन् । उनी बालोन डी’ओरका हकदार भने हुन् ।
१०) आन्द्रे इनिस्टा
.jpg)
ला मासिया एकेडेमीबाट ग्राजुएट गरेका उनले फिफा वल्र्डकप, दुई वटा युरोकप, चार वटा यूईएफएफ च्याम्पियन्स लिग क्राउन र आठ वटा ला लिगा टाइटल जितेका थिए । व्यक्तिगत रुपमा उनी नौं वर्षसम्म फिफा फिफाप्रो वल्र्ड एघारौँमा परेका थिए । यसैगरी यूईएफए टिम अफ द इयरमा पनि आठ वर्षसम्म परे ।
उनले सन् २०१४ मा गोल्डेन बुट जितेका थिए । बालोन डी’ओर पनि नजिक नै थियो तर उनी द्धितीय स्थानमा रहे । इनिस्टा बार्सिलोनामा मात्र नभएर स्पेनको वल्र्डकपमा पनि आफ्नो जादु देखाए । सन् २०१० मा भएको विश्वकमा स्पेनले उनको गोलको मद्दतले उपाधि जित्न सकेको थियो । गोल रहित बराबरी भएको खेलमा उनले थप समयमा गोल गरेका थिए ।
फुटबलको उर्वर भूमि मानिने स्पेनले पहिलो पटक विश्वकपको उपाधि उचालेको थियो । इनिस्टाले बार्सिलोनाका लागि पनि सबै खाले उपाधि उचालिसकेका छन् ।