भक्तपुृर २० साउन-
भक्तपुर गठ्ठाघर स्थित हिमशिखर बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो १२औ स्थापना दिवसको अवसरमा एक दिने निशुल्क सुगर, प्रेसर जाँच तथा खुला रक्तदान कार्यक्रम संचालन गरेको छ । संस्थाले भक्तपुर हार्ट एण्ड डायवेटिक सेन्टर प्रा।लि। तथा ब्लड बैंक संग समन्वय गरि स्वास्थ्य शिविर संचालन गरेको छ ।
उक्त कार्यक्रममा मधुमेह सम्वन्धि जनचेतना कक्षा पनि सञ्चालन गरिएको थियो । उक्त शिविरमा संस्थाका सदस्य तथा अन्य सर्वसाधारणले स्वास्थ्य परिक्षण गराएका थिए ।। संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस सहकारी संस्थाले बर्षेनि बिभिन्न कार्यक्रमको आयोजना गर्दै आएको छ । कार्यक्रममा बीस जनाले रक्तदान गरेका थिय । दुई सय भन्दा बढीले स्वस्थ्य परिक्षण तथा विभिन्न जाँच गरेको संस्था का प्रमुख हरिहर भण्डारी ले बताए ।

