अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १० दिनपछि फेरि विवादित कश्मीर मुद्दामा मध्यस्थता गर्नेबारे अभिव्यक्ति दिएका छन् । ट्रम्पले भनेका छन् ‘मध्यस्थताको फैसला प्रधानमन्त्री नरेन्द्र मोदीको हातमा छ । यदि भारत र पाकिस्तान चाहन्छन भने म यो मुद्दामा मध्यस्थता जरुर गर्नेछु ।’
यसैबीच भारतीय विदेश मन्त्री एस जयशंकरले अमेरिकी समकक्ष माइक पोम्पियोसँग भेटघाट गरेका छन् । जयशंकर ने ट्वीट गरेर भनेका छन् ‘पोम्पियोसँग काे भेटमा मैले प्रष्ट भाषामा कश्मीरबारे कुनै पनि चर्चा मात्र पाकिस्तानसँग हुनेछ, त्यो पनि द्विपक्षीय तरीकाले भनेर कुरा राखिसकेकाे छु ।’
यसअघि ट्रम्पले पाकिस्तानका प्रधानमन्त्री इमरान खानसँगको साझा प्रेस कन्फे्रन्समा भनेका थिए कि मोदीले कश्मीर मामलाबारे मध्यस्थताका लागि मलाई आग्रह गरेका छन् । त्यतिबेला भारतले ट्रम्पको दाबीलाई नकारेको थियो ।