काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोल तथा डिजेलको मूल्य घटाएकाे छ । शुक्रबार रातिदेखि लागू हुने गरी प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा १ रुपैयाँ घटाएकाे हाे ।
समायाेजन गरी मूल्य घटाएपछि आगामी शनिबार बिहानदेखि उपभोक्ताले पेट्रोल १ सय ९ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टितेल ९७ रुपैयाँ प्रतिलिटरमा खरिद गर्न सक्नेछन् । भारतीय आयल कर्पोरेसन (आइओसी)ले १६ मे २०१९ मा प्राप्त मूल्य घटेर आएकाले पेट्राेलिय पदार्थकाे मूल्य समायोजन गरिएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।
यो समायोजनपश्चात भारतको रक्सौलभन्दा नेपालको वीरगंजतर्फको सीमा पेट्रोलमा १५.६७ प्रति लिटर र डिजेलमा १६.६४ प्रति लिटर सस्तो कायम हुनेछ ।
