• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

प्रधानमन्त्री कपको खेल तालिका र जर्सी सार्वजनिक

काठमाण्डौ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको खेल तालिका र जर्सी सार्वजनिक गरिएको छ। राष्ट्रिय खेलकुद परिषद्(राखेप)को आयोजना र नेपालय इन्टरनेसनलको व्यवस्थापनमा हुने  प्रतियोगितामा आगामी जेठ १० गतेबाट सुरु हुँदैछ। यसअघि जेट १ बाट सुरु हुने भनिएपछि मुलपानी मैदानमा पनि प्रतियोगिता आयोजना गर्ने भएपछि प्रतियोगिता सारिएको हो।

त्रिवि क्रिकेट मैदान कीर्तिपुर र तल्लो मुलपानी क्रिकेट मैदानमा हुने प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टिमबीच प्रतिस्पर्धा हुनेछ। ‍शनिबार सार्वजनिक गरिएको खेल तालिका अनुसार समूह ‘ए’मा एपीएफ, प्रदेश ५, प्रदेश ३, सुदूरपश्चिम र गण्डकी प्रदेश छन् भने समूह बीमा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, कर्णाली प्रदेश, प्रदेश २ र प्रदेश १ छन्।मुलपानी मैदानमा नेपाल पुलिस क्लब र प्रदेश १ बीचको खेलअघि उद्घाटन समारोह आयोजना गरिनेछ। त्यहि दिन प्रदेश २ र त्रिभुवन आर्मी क्लबबीच त्रिवि क्रिकेट मैदानमा पनि खेल हुनेछ।

जेठ २० गतेसम्म समूहका खेलहरु हुनेछन् भने २२ र २३ गते सेमिफाइनल तथा २४ गते फाइनल खेल हुनेछन्। सेमिफाइनल र फाइनल खेलहरु त्रिवि मैदानमा हुनेछन्। सबै खेलहरु बिहान ९ बजे शुरु हुनेछन्।

समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। उपाधि विजेता टोलीले २० लाख प्राप्त गर्नेछ भने उपविजेता टोलीले १० लाख हात पार्नेछ। यसैगरी उत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल र उत्कृष्ट ब्याट्सम्यान तथा बलरले समान ५०–५० हजार पुरस्कार पाउँने आयोजकले जनाएको छ।

खेलाडी हानेको छक्कालाई मैदानबाहिर एक हातले क्याच समाप्ने दर्शकले ५० हजार पाउँने आयोजकले जनाएको छ। १ करोड ७५ लाख बजेट रहेको प्रतियोगिताको ८० लाख रुपैयाँ राखेप र त्यसबाहेकको रकम नेपालयले व्यवस्था गर्नेछ।

प्रतियोगिता व्यवस्थापक नेपालय इन्टरनेशनल र एक्सपर्टकाबीच शनिबार नै मुख्य प्रायोजन सम्झौता भएको छ।  एक्सपर्टका काठमाडौं निर्देशक खेम संग्रौला र नेपालयका अध्यक्ष सुवास प्रधानले सम्झौता आदान प्रदान गरेका थिए।

कार्यक्रममा ७ प्रदेश र ३ विभागीय टोलीहरुले लगाउने जर्सी समेत सार्वजनिक गरियो। राष्ट्रिय टोलीका कप्तान पारस खड्कासहित आर्मीका कप्तान विनोद भण्डारी, नेपाल पुलिस क्लबका कप्तान मन्जित श्रेष्ठ, एपीएफका उपकप्तान पृथु बास्कोटाले जर्सी सार्वजनिक गरे।

आइतबार, जेठ ०५, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.