तेज बोहरा/कैलाली, १४ श्रावण / बझाङको बुङगल नगरपालीका–११ का स्थानिय दुई जनाले आफ्नो नाममा रहेको जमीन निशुल्क सरकारको नाममा गरेका छन् ।
नगरपालिका–११ मुडेलिमाण्डौका स्थानीय कर्ण बोहरा र धन बहादुर बोहराले आफ्नो नाममा रहेको झण्डै २.७५ रोपनी जमीन वडा कार्यालयको भवन निमार्णको लागी शिनुल्क दान गरेका हुन् ।
आफुहरुले लोभलालच र स्वार्थको भावनालाई त्यागरे निस्वार्थ मनले जग्गा दान गरेको धन बहादुर बोहराले बताए ।
स्थानिय तह बनेको झण्डै तिन बर्ष पुग्नै लाग्दा सम्म जग्गा अभावले नबनेको वडा कार्यालयको भवन उनीहरुले जग्गा दान गरे संगै बन्ने भएको छ । भवन अभावकै कारण हालसम्म भाडाको घरमा वडा कार्यालय चलाईरहेको वडा अध्यक्ष राम बोहराको भनाई छ ।
उनले जग्गा अभावले गर्दा गतबर्ष वडा कार्यालय भवन निमार्णको लागी बजेट विनियोजन भई आएको भएपनी खर्च नभएको बताए । उनिहरुको यो सामाजिक भावना प्रती वडा अध्यक्ष बोहराले धन्यवाद ब्यक्त गरेका छन् ।
यस्तै बुङगल नगरपालीकामा जग्गा अभावकै कारण कुनैपनी वडा कार्यालय विस्तार हुन सकेका छैनन् ।