मन्दिर भित्र लगेर त्रिशुलले हत्या गर्यो, बलात्कारि पनि कति संस्कारी रहेछ !
आफ्नो जीवन आफैसङ्ग हारी रहेछ !
पराजयको अर्को नाम नै नारी रहेछ !!
मन्दिर भित्र लगेर त्रिशुलले हत्या गर्यो !
बलात्कारि पनि कति संस्कारी रहेछ !!
सम्मान दिने ठाँउ कहाँ छ र यहाँ ?
इज्जत लूटिने ठाँउ त ऊखु बारी रहेछ !!
बच्चाले कहाँ अरु भारि बोक्न सक्छ ?
उसको जीवन उसैलाई भारी रहेछ !!
देउताको मन्दिरमा देवी बलत्कृत हुन्छीन !
भगवान् पनि स्वयम् अत्याचारी रहेछ !!
पैसाको आडमा अत्याचारी लुकिरहेछन् !
सरकार पनि कानुनको ब्यापारी रहेछ !!
रन्जीता बोहरा
बाजुरा