एजेन्सी । एक ११ बर्षीय बालकले बैंकबाट ११ लाख कसरी चोर्न सक्छन । यस्तो चकित परिने हखालको घटना भारतमा भएको छ । भारतको जिन्दमा ११ वर्षीय बालकमाथि पञ्जाब नेसनल बैंकको एक शाखाबाट २० लाख भारु चोरेको आरोप लागेको छ ।
सोमवार बेलुका नगद गनेर रुजु गर्दा २० लाख भारुको हिसाब आएन । त्यपछि बैंकका कर्मचारीले राति प्रहरीलाई खबर गरे । प्रहरीले सीसीटीभी फूटेज हेर्दा प्रहरीले उक्त नगद एक बालकले चोरेको पाए ।
उनले अनौठो ढंगबाट रकम चोरेको फुटेटमा देखियो । क्याशियर क्याबिनबाट निस्केर शौचालय जाँदा ती बालक सुटुक्क क्याबिनमा पसे र झोलामा क्याश राखेर भागे ।
अहिले बालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।