सुर्खेत, १२ असोज/ नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले यसै शैक्षिक सत्रबाट लागू हुने गरी विज्ञान संकायमा अनिवार्य विषयको रुपमा रहेको गणित विषय ऐक्षिक विषयको रुपमा राख्ने निर्णय गरे सँगै कर्णालीका विषयगत संगठनहरुले यसको विरोध गरेका छन् ।
विभिन्न विषयगत संगठनहरुले एक विज्ञाप्ती जारी गर्दै सरकारले गणित विषयको महत्व नबुझेको र केहि निहित स्वास्र्थ पूर्तिका लागि विद्यार्थीहरुलाई उत्तीर्ण गरेको देखाउनको लागि यस्तो चाल रचेको हुन सक्ने नेपाल गणित शिक्षा परिषद कर्णाली प्रदेश सुर्खेत साखाका उपाध्यक्ष किरण भण्डारीले जानकारी दिए ।
विज्ञान विषय पढ्दा अनिवार्य रुपमा गणित विषय पढ्नु पर्ने भन्दै उपाध्यक्ष भण्डारीले भने, ‘गणित विषय रोज्न पाउनु विद्यार्थीको अधिकारको कुरा हो । सरकारले विद्यार्थीको अधिकारलाई यसरी खोस्नु आपत्ति हो,।’
नेपाल गणित समाज कर्णाली प्रदेशका सभापति मोति प्रसाद गिरी, सोहि संगठनका सुर्खेत साखाका सचिव ज्ञान प्रसाद पौडेल, नेपाल गणित शिक्षा परिषद सुर्खेत साखाका अध्यक्ष प्रेम कुमारी ढकाल, उपाध्यक्ष किरण भण्डारी, सचिव जसविर रोका, लगायतले विज्ञाप्ती जारी गरेका छन् ।
विज्ञाप्तीमा भनिएको छ, ‘सरकारले कसैको परामर्श विना नै एक लौटि रुपमा पाठ्यक्रम लागू गर्न खोज्नु दुखद भएको बताइएको छ । यस्तो कार्यले सरकारले विद्यार्थीहरुको भविश्य माथि नै खेलवाड गर्न खोजेको आरोप लगाइएको छ ।
यदि सरकारले आफुहरुले विज्ञाप्ती मार्फत अघि सारेका मागहरुको व्यवास्ता गरेको खण्डमा थप आन्दोलनमा जाने चेतावति समेत दिएको छ ।
