• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

न्यायको खोजीमै बित्यो एक बर्ष सात अनुसन्धान टोली गठन, ८० जनाको डिएनए परीक्षण, उपलब्धी शुन्य

कञ्चनपुरकी १३ बर्षिया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक बर्ष पुरा भएको छ । गत बर्ष ०७५, १० साउनमा निर्मलाको बलात्कार पछि हत्या भएको थियो ।
होमवर्क गर्छु भन्दै घरबाट साथी रोशनी बमको घर हिडेकी निर्मलाको बलात्कार पछि हत्या गरेर घर जाने बाटो उखुबारीमा उनको शव फ्याकिएको अवस्थामा भोलीपल्ट फेला परेको थियो ।
सरस्वती माध्यामिक विद्यालय कक्षा ९ मा अध्ययनरत निर्मलाको बलात्कारपछि हत्या भएको १२ महिना अर्थात एक बर्ष पुरा हुँदा समेत वास्तविक हत्यारा अझैसम्म पनि पत्ता लागेको छैन् । निर्मलाको वास्तविक हत्यारा पत्ता नलगाएपछि उपलब्धी भने शुन्य देखिएको छ ।
निर्मला हत्याकाण्ड छानबिनका लागि सरकारले सह–सचिव हरि मैनाली नेतृत्वका उच्च स्तरिय छानबिन समिति बनायो, उक्त समितिले समेत हत्याराको सुईको समेत पत्ता लगाएन् । उच्च स्तरिय छानबिन समितिले प्रतिवेदन बनाएर थन्कियो । राष्ट्रिय मानव अधिकार आयोगले समेत घटनाको छानबिन गरेर प्रतिवेदन बनाएको छ । आयोगका आयुक्त मोहना अन्सारी स्वयम आफै आएर घटनाको अनुसन्धान गरेकी थिईन् ।
घटनाको अनुसन्धानमा लार्पबाही गरेको भन्दै प्रहरी विभागको सिफारिसमा गृह मन्त्रालयले ८ प्रहरी निलम्बन ग¥यो । प्रहरीले घटनाको आन्तरिक छानबिनका लागि एआईजी धिरु बस्न्यातको नेतृत्वमा गठन गरेको छानबिन समितिले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्तकालिन प्रहरी प्रमुख प्रहरी उपरीक्षक डिल्लीराज विष्ट र वडा प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरीक्षक जगदिश प्रशाद भट्टलाई सेवाबाट बर्खास्ती नै ग¥यो ।
निर्मला हत्याकाण्ड छानबिनका लागि कञ्चनपुर प्रहरीले एक बर्षमा ६ सय भन्दा बढि व्यक्तिमाथी अनुसन्धान गरेको छ । कतिपयलाई पक्राउ गरेर हिरासतमै राखेर अनुसन्धान ग¥यो, कतिपयलाई सोधपुछ गरेर कागज बनाउदै छाड्यो, कतिपयलाई समान्य सोधपुछ गरेपछि छाड्यो ।

७० भन्दा बढि व्यक्तिको रगतको नमुना लिएर (डिएनए) परीक्षणका लागि लगेपछि उपलब्धी हाल पार्न सकेको छैन् । शव फेला परेकै दिनदेखि आन्दोलन चर्किएकाले मुख्य अपराधी उम्किएको प्रहरीको भनाई छ । निर्मलाको वास्तविक हत्यारा सार्वजनिकको माग राख्दै अधिकारकर्मी हेलन श्रेष्ठ नेतृत्वमा दवावमुलक संघर्ष समिति र अर्का अधिकारकर्मी मिना भण्डारी नेतृत्वको नागरिक संघर्ष समितिले महिनौँ आन्दोलन गरेका थिए । स्थानीय, प्रदेश र केन्द्रसम्म पनि आन्दोलन गर्दा केही प्रगति भएन् । अनुसन्धान आन्दोलनबाट नभई अध्ययन, तथ्य र विज्ञानबाट हुने विज्ञहरुको भनाई छ । विज्ञहरुले शुरुवातदेखि नै आन्दोलन गर्दा समेत अनुसन्धान प्रभावित भएको बताएका छन् । आन्दोलनका कारण गत बर्ष कञ्चनपुरको जनजिवन मात्र प्रभावित नभई आर्थिक कारोबारमा समेत प्रभाव परेको थियो ।

आठ प्रहरी निलम्बन गरेपछि १० महिना झनै उपलब्धी सुन्य
घटना घटेको दुई महिना भित्रै गृह मन्त्रालयले ८ प्रहरीलाई निलम्बन ग¥यो । मन्त्रालयले तत्तकालिन कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिल्लीराज विष्ट, केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)का डिएपसी अंगुर जिसी, कञ्चनपुरका तत्तकालिन सुचना अधिकारी डिएसपी ज्ञान बहादुर सेठी, प्रहरी निरीक्षकद्वय जगदिश प्रशाद भट्ट, एकेन्द्र खडका, प्रहरी नायब निरीक्षकद्वय रामसिह धामी, हरसिह धामी र प्रहरी जवान चाँदनी साउदलाई निलम्बन ग¥यो ।
उनीहरुलाई केही व्यक्तिले लगाएको आरोपका आधारमा प्रहरी प्रधान कार्यालयले धमाधम निलम्बन एव बर्खास्ती गर्दै गयो । तत्तकालिन कञ्चनपुरका प्रहरी प्रमुख विष्ट, सिआईबीका डिएसपी जिसी नेतृत्वको टिमले २४ दिनमा निर्मलाको बलात्कार पछि हत्या गरेको भन्दै ४ भदौँमा भीमदत्त नगरपालिका १९ बागफाँटाका दिलिप विष्टलाई सार्वजनिक गरे ।
आदालतबाट १० दिनको म्याद थपेर दिलिपलाई सार्वजनिक गरिएको थियो । मानसिक सन्तुलन गुमाएका व्यक्तिलाई दोषि करार गराउन खोजिएको भन्दै नागरिक समाज र अधिकारकर्मी सहितका स्थानीयले आन्दोलन घोषणा गरेर आन्दोलनमा उत्रिए । सोही विषयलाई लिएर ५ भदौँदेखि ८ सम्म महेन्द्रनगर आन्दोलनमयी भयो । गोली चले, आन्दोलनका क्रममा भीमदत्त नगरपालिका–१८ सालघारीका १३ बर्षिय सन्नी खुनाले ज्यान गुमाए । दर्जनौँ घाईते भए । ८ भदौँमै कञ्चनपुरका तत्तकालिन प्रहरी प्रमुख विष्ट, सुचना अधिकारी जिसी र प्रमुख जिल्ला अधिकारी कुमार खडकालाई अयन्त्र सरुवा गरियो ।
अघिल्लो सिआईबी र स्थानीय प्रहरी नेतृत्वले निर्मलाको बलात्कार गरेर हत्या गर्ने दिलिप नै हो भनेर सार्वजनिक गरेपछि उत्पन्न भएको आन्दोलनका कारण पछिल्ला सिआईबी र प्रहरी नेतृत्वले अनुसन्धानमा आँटै नगरेको पाईएको छ । निर्मलाको बलात्कार पछि हत्या भएको घटना छानबिनका लागि सिआईबीका डिएसपी जिसीपछि एसएसपी ठाकुर प्रशाद ज्ञवाली, एसपी सुदिप गिरी, अहिले एसपी गणेश चन्द नेतृत्वको टिम खटिएको छ ।
प्रहरी प्रधान कार्यालयले सहयोगका लागि भन्दै एसपी दुर्गा सिह (चन्द)लाई पनि खटायो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको नेतृत्व बर्षमा दुई पटक परिर्वतन ग¥यो । तत्तकालिन प्रहरी प्रमुख र सुचना अधिकारी परिर्वतन गरेसंगै एसपी कुवेर कडायत, डिएसपी कृष्ण ओझालाई पठायो । त्यसपछि उनीहरुको सरुवा गरेपछि अहिले कञ्चनपुर प्रहरी प्रमुखमा एसपी दिनेश आर्चाय, सुचना अधिकार गणेश बमलाई पठाएको छ ।
१० महिनाको अवधिमा प्रहरीकै चार टिमले छानबिन गरेपनि उपलब्धी पनि शुन्य देखिएको छ । चार टिम मध्ये एआईजी धिरु बस्नेत नेतृत्वको छानबिन समिति, एसपी सुदिप गिरी नेतृत्वको सिआईबीको टिम, एसपी दुर्गा सिह नेतृत्वको सहयोग टिम र स्थानीय जिल्ला प्रहरीको टिम खटिदा समेत हत्याराको सुईको समेत पाउन सकेनन् । अघिल्ला प्रहरीकै जस्तो हालत हुने हो, भन्ने मनोविज्ञानले पछिल्ला प्रहरीका अधिकारीले आँटिलो ढङगबाट काम गरेनन् ।
हुँदा हुँदै निर्मला हत्याकाण्ड प्रकरणमा पक्राउ परेका भीमदत्त नगरपालिका १८ सालघारीमा विशाल चौधरीले कञ्चनपुरका तत्तकालिन प्रहरी प्रमुख कुवेर सिह खडायत, एसपी दुर्गा सिह, डिएसपी कृष्णा ओझा सहित दुई नाम नखुलेका ५ जना प्रहरी बिरुद्ध यातना सम्बन्धी उजुरी दिएका छन् । केही काम गरिहाले आन्दोलन या, उजुरी आउने हो,कि भनेर पछिल्ला प्रहरी अधिकारी डराएको देखिन्छन् ।
दुई पटक कञ्चनपुर आईपुगेर एक निर्मला पन्तको घरमा समेत पुगेका प्रहरी महानिरीक्षक सर्वोन्द्र खनालले निर्मलाको हत्याकाण्ड छानबिन गर्ने बचन दिएपनि अझैपनि सम्म हत्यारा पत्ता नलाग्नुको मुल कारण प्रहरी संगठनक भित्रकै समस्या रहेको स्थानीयको बुझाई छ । भित्रको भरमा आफ्नै संगठनका कर्मचारीमाथी अन्याय गर्ने र धमाधम निलम्बन र बर्खास्ती गर्दा पछिल्ला प्रहरीले गहन अनुसन्धानमा आँट नै गरेनन् ।
एसपी कुवेर कडायत नेतृत्वको टिमले रोशनी र बबिता बम (दिदि बहिनी)लाई हिरासतमा राखेर अनुसन्धान थाल्यो, तर कुनै प्रमाण नभेटाएपछि उनीहरुलाई पनि छाडियो । रोशनीलाई साधारण र बबितालाई ३० हजार धरौटीमा सरकारी वकिल कार्यालय मार्फत छाडिएको थियो ।

 

आठ प्रहरीबाट ५० लाख धरौटी अशुल, नयाँ प्रहरी नेतृत्व त्रसित
निलम्बनमा परेका आठै प्रहरी बिरुद्ध निर्मलाकी आमा दुर्गादेवी पन्तले प्रमाण नष्ट र दिलिपका दाजु खडका सिह विष्टले यातना बिरुद्धको उजुरी दिएका थिए । तर, निर्मलाकी आमा दुर्गाले प्रहरीले प्रमाण नष्ट नगरेको भन्दै आदालतमा निवेदन दिएकी थिईन् ।
सिआईबीका डिएसपी जिसीले दिलिप विष्ट र उनको घरपरिवारसंग लिएको बयानको भिडियो बाहिरिएपछि दुर्गाले प्रहरी बिरुद्ध दायर गरेको मुद्दामा मुद्दा फिर्ताका लागि भन्दै निवेदन दिएकी थिईन् ।
आठ प्रहरी बिरुद्ध परेका दुई मुद्दाबाट जिल्ला आदालत कञ्चनपुरले ५० लाख धरौटी अशुल गरेको छ । दुवै मुद्दाको थुनछेक बहसपछि जिल्ला आदालत कञ्चनपुरका न्यायाधिश डा. राजेन्द्र कुमार आचार्यको एकल इजलासले उक्त रकम धरौटी तिरेर हिरासत मुक्त गराउन आदेश जारी गरेको थियो ।
तत्तकालिन कञ्चनपुरका प्रहरी प्रमुख दिल्लीराज विष्ट, केन्द्रीय अनुसन्धान ब्यूरोका डिएसपी अंगुर जिसी सहित आठ प्रहरी बिरुद्ध निर्मला पन्तकी आमा दुर्गादेवि पन्तले सार्वजनिक न्याय कसुर र ४ भदौँमा सार्वजनिक गरिएका दिलिपका दाजु खडक सिह विष्टले यातना बिरुद्धमा मुद्दा दायर गरेका थिए ।
तत्तकालिन कञ्चनपुरका प्रहरी प्रमुख दिल्लीराज विष्टबाट यातना बिरुद्धको मुद्दामा ६ लाख र सार्वजनिक कसुर मुद्दामा साढे चार लाख गरि साढे १० लाख , केन्द्रीय अनुसन्धान ब्यूरोका डिएसपी अंगुर जिसीबाट यातना ५ लाख र प्रमाण नष्ट ४ लाख गरि ९ लाख, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका पुर्व डिएसपी ज्ञान बहादुर सेठी यातना मुद्दामा ५ लाख र सार्वजनिक कसुरमा ४ गरि ९ लाख, प्रहरी निरिक्षक एकेन्द्र खडकाबाट यातना मुद्दामा ५ लाख र सार्वजनिक कसुरमा ४ गरि ९ लाख धरौटी माग गरेको हो ।


यस्तै सार्वजनिक कसुर मुद्दा अन्र्तरगत प्रहरी निरीक्षक जगदिश भट्ट चार लाख, प्रहरी नायब निरीक्षकद्वय हरसिह धामी ३ लाख ५० हजार, राम सिह धामी तीन लाख र प्रहरी जवान चाँदनी साउदबाट दुई लाख पचास हजार रुपैया धरौटी माग गरेको थियो ।
सार्वजनिक गरिएका ४१ बर्षिय दिलिप सिह विष्टका दाजु खडक सिह विष्टले पुर्व कञ्चनपुरका एसपी दिल्लीराज विष्ट, प्रहरी उपरीक्षक ज्ञान बहादुर सेठी, सिआईबीका डिएसपी अंगुर जिसी, प्रहरी निरीक्षक एकेन्द्र खडका बिरुद्ध यातना कसुर सम्बन्धी मुद्दा दायर गरेका थिए ।
निर्मलाकी आमा दुर्गादेवि पन्तले कञ्चनपुरका पुर्व प्रहरी उपरीक्षक दिल्लीराज विष्ट, पुर्व प्रहरी नायक उपरीक्षकद्वय ज्ञान बहादुर सेठी, अंगुर जिसी, प्रहरी निरीक्षकद्वय एकेन्द्र खडका, जगदिश प्रशाद भट्ट, प्रहरी नायब निरीक्षकद्वय रामसिह धामी, हरिसिह धामी प्रहरी जवान जाँदनी साउद बिरुद्ध सार्वजनिक न्याय कसुर सम्बन्धी मुद्दा दायर गरेकी थिईन् ।
यसरी आठ प्रहरी बिरुद्ध दायर गरेको मुद्दाबाट समेत चुरो विषय नखुलेपछि हत्याराको खोजिबिन भन्दा पनि व्यक्तिगत रिसिईबी जस्तै प्रहरीबिरुद्ध खनिदा हत्याराले उम्किने मौका पाएको छ । भिड र केही व्यक्तिले अधिकारका नाममा गरेको हल्लाका भरमा अनुसन्धान गर्दा १० महिना प्रहरीले त्यतिकै खेर वितायो । उनीहरु आठ प्रहरीले कुनै व्यक्तिलाई आफ्नो जिवन दाउमा राखेर बचाउनुपर्ने कुनै कारण थिएन् ।

‘छोरीका हत्यारा पत्ता लाग्दैनन्, न्याय पाउन आशै छैन्’


बलात्कार पछि हत्या गरिएकी निर्मला पन्तको घर परिवारले न्यायको आशै गर्न छाडेका छन् । बर्षदिन वितिसक्दा पनि प्रहरीले वास्तविक हत्याराको खोजबिन गर्न नसकेको भन्दै परिवारले न्याय पाउने आशै काटेका छन् ।
निर्मलाका बाबु यज्ञराज पन्तले घटना भएको बर्षदिन वितिसक्दा पनि प्रहरीले वास्तविक हत्यारा सार्वजनिक नगरेको बताए । ‘छोरीको हत्या भएको एक बर्ष पुरा भयो, ‘उनले भने, ‘अब छोरीको हत्यारा पाईदैनन्, न्याय पाउने आशै छैन् ।’ सरकारकै कारण हत्यारा पत्ता लाग्न नसकेको उनको आरोप छ । ‘छोरीले न्याय पाएन, ‘उनले भने, ‘घाईतेको पनि बेहाल भएको छ ।’ सरकारले घाईते पनि उपचारमा लार्पबाही गरेको यज्ञराजको आरोप छ । सरकारले अपराधिलाई प्रोत्साहन गरेको उनले आरोप छ ।

दुर्गाको दिलिपप्रति अझै शंका
निर्मलाको बत्लात्कार पछि हत्या गरेको अभियोगमा प्रहरीले शुरुमै सार्वजनिक गरेका भीमदत्त नगरपालिका १९ बाँगफाँटाका ४१ बर्षिय दिलिप सिह विष्टप्रति निर्मलाकी आमाले हत्यारा त्यही व्यक्ति नै हो, कि भनेर शंका गरेकी छिन् ।
दुर्गाले छोरीको हत्या भएको बर्षदिन वितिसक्दा पनि वास्तविक हत्यारा पक्राउ नपर्नु दुखत विषय भएको भन्दै उनले यस अघि सार्वजनिक गरिएका दिलिपप्रति शंका गरे । ‘निर्मलाको शुरुवाल फाँटेको थियो, ‘दुर्गाले भनिन, ‘दिलिपको भिडियो हेरे, उनले शुरुवालको विषयमा कसरी थाहा पायो ।’
आफुले फाँटेको शुरुवाल नलगाउनु भन्दै निर्मलालाई सम्झाएको बताउदै दुर्गाले दिलिपप्रतिको शंका हटाएकी छैनन् । ‘हत्याराको डिएनएन नमिल्न पनि सक्छ, त्यहाँ पानी परेको थियो, ‘उनले भनिन, ‘घटनाक्रम जस्तै दिलिपले बयान मिलाएका छन् ।’ साईकलको चेन बिग्रेको मलाई थाहा थियो, त्यो कुरा रोशनीले पनि मलाई भनिन, अनि दिलिपले पनि त्यही कुरा भनेपछि उसप्रतिको शंका बढ्दै गएको दुर्गाले बताईन् । उतिबेला दिलिपप्रति भनिएका कुरा र अहिले फरक पाएको बताउदै उनले दिलिप यो बाटो हिड्दै नहिड्ने बताएका थिए, तर उ अहिले यही बाटो हिडेर जाने गर्दा समेत थप संका लागेर आउने बताईन् ।
चटपटेबाट जिवन चलाएको बताउदै उनले चटपेटको पैशा लिन रोशनीको घरमा जाँदा छोरी गुमाउनु परेको पीडाले रातदिन सताउने गरेको निर्मलाकी आमाको भनाई छ । ‘हरेक दिन खाना पकाउने बेला निर्मलाको याद आउँछ, ‘उनले भनिन, ‘निर्मलाको यादले खाना खाने मनै लाग्दैन् ।’
८ प्रहरी बिरुद्ध आफुले मुद्दा नहालेको जिकिर गर्दै दुर्गाले केही अधिकारकर्मीले न्याय पाईन्छ, भनेर दस्तकत गरेको बताईन् । ‘एक प्रहरीले बम दिदि बहिनीलाई बचायो, होला, तर विभिन्न छानबिन समितिबाट समेत उनीहरु निर्दोष देखिएका छन, ‘दुर्गाले भनिन, ‘उनीहरु दोषि हुन भनेर म भन्द्नि ।’ उतिबेला आक्र्रोसमा बबिताले निर्मला पोईल गईपो, भन्दा उनीमाथी शंका लागेको निर्मलाकी आमाले बताईन् । आफु जताबाट समेत पीडामा रहेको बताउदै निर्मलाकी आमाले श्रीमानले छाडेको एक पीडा र छोरी गुमाएको अर्को र अहिले झनझन जताबाट समेत पीडै पीडा खेप्नु परेको बताईन् । निर्मलाकी आमा दुर्गा दुई छोरीका साथमा भीमदत्त नगरपालिका–२ उल्टाखाममा बस्दै आएकी छिन् । भने बाबु भीमदत्त नगरपालिका–१ भाँसी सौतेली आमासंगै बस्दै आएका छन् । निर्मलाका बाबुले दोस्रो विवाह गरेपछि उनको घरमा खटपट भएको थियो । यस अघि पनि उनीहरु अलग अलग बस्दै आएका थिए ।

एकले ज्यान गुमाए, अर्काले खुट्टा
घाईतेको वेहाल ः अर्जुन भण्डारा बर्षदिनदेखि अचेत अबस्थामा अस्पतालकै बेडमै


निर्मलाको न्यायिक आन्दोलनमा होमिदा एकले ज्यान गुमाएका थिए । भीमदत्त नगरपालिका १८ सालघारीका १३ बर्षिय सन्नी खुनाले ज्यान गुमाए । यस्तै घाईतेको पनि वेहाल भएको छ । कतिपय घाईते अझैपनि अस्पतालमै छन् । भने कतिपय घरमै औषधी खाईरहेका छन् ।
७ भदौँ आन्दोलनमा होमिएका बेला प्रहरीले चलाएको गोली लागेर घाईते भएका भीमदत्त नगरपालिका ४ महेन्द्रनगर बजारमा २० बर्षिय अर्जुन भण्डारा अझैपनि अस्पतालमै छन् । अर्जुनको शिक्षण अस्पताल उपचार भईरहेको छ । उनको बायाँ खुट्टा काटिएको छ । उनले अझै स्वाथ्य अवस्था सुधार भएको छैन् । अर्जुनकी आमा शिवकला भण्डाराले उपचारमै बर्षदिन वितिसक्दा पनि अवस्था सुुधार नभएको बताईन् । ‘अर्जुनको अवस्था उस्तै छ, ‘उनले भनिन, ‘बोल्न सक्दैन, खाना खुवाए मात्रै खान्छ ।’ बैशाखदेखि यता औषधी उपचारको रकम समेत नदिएको बताउदै उनले उपचारमा आर्थिक अभाव भएको बताईन् । ‘ न सुधार हुन लागेको छ, ‘उनले भनिन, ‘न राम्रो ठाँउमा लगेर उपचार गरिदिएको छ ।’ आफ्नो व्यक्तिगत साढे तीन लाख रकम खर्च भईसकेको बताउदै उनले सरकारले उपचारका लागि अन्यन्त्र लग्नुपर्नेमा जोडदिईन् । अर्जुन जस्तै अन्य घाईतेको समेत वेहाल भएको छ । प्रहरीले चलाएको गोली लागेर शक्त घाईते भएका अर्जुन सहित तीन विद्यार्थीको पढाई प्रभावित भएको छ ।
भीमदत्त नगर–२ भाँसीका १७ बर्षिय उमेश देउवा र भीमदत्त नगर–१८ जानकी टोलका १५ बर्षिय चेतन भट्ट विद्यार्थी हुन् । देउवा घटाल मावि कक्षा ९ र भट्ट भृकुटी मावि कक्षा ८मा अध्ययनरत छन् । उनीहरु दुवैको पढाई प्रभावित भएको छ । घाईते भएदेखि यता उनीहरु दुवै जना विद्यालय जाँदैनन् । भीमदत्त नगर–४ महेन्द्रनगरका १९ बर्षिय अर्जुन भण्डारा अझैपनि अस्पतालमै छन् । मर्निङ्गग्लोरि माविबाट कक्षा १२ उत्र्तिण गरेका भण्डारा सिभिल ईन्जिनियरिङ्गको तयारीमा थिए । उनको खुट्टा काटिएको छ । उनको अहिले पनि त्रिवि शिक्षण अस्पतालमा उपचार भईरहेको छ ।
तीन महिना अस्पाल बसेर घर आएका उमेश देउवाले अर्धबार्षिक परीक्षा दिन सकेनन् । भने चेतनले विद्यालय नगएपनि परीक्षा दिएका छन् । उमेशको बायाँ खुट्टामा गोली लागेको थियो ।
रड हालेर अप्रेसन गरिएका उनी बैशाखीको साहरामा घरमै बसिरहेका छन् । उमेशबा बाबु यज्ञराज देउवाले घटनाले छोराको पढाईमात्र नभई जिन्दगी नै बर्बाद भएको दुखेसो पोखे । ‘खुट्टा अझै निको भएको छैन्, ‘बाँया भागको पुरै शरिर अझै दुख्छ ।’ उपचारका लागि सरकारले दिएको दुई लाख ५० हजार सकिएको बताउदै उनले आउँदो पुष १ गते फेरी अस्पतालमा बोलाएको बताए । ‘फेरी अस्पतालमा उपचार गर्नका लागि खर्च छैन्, ‘उनले भने, ‘सरकारले पुरै उपचार खर्च दिनुप¥यो ।’ दिशापिसाब समेत औछ्यानमै गर्ने भएको ह्विलचियरको उनले माग गरे ।
८ भदौँमा आफ्नै मृत्युको खबर पाएका चेतन भट्टको हातमा अझै गोलीका छर्रा छन् । बायाँ हातमा गोली लागेका चेतनले दायाँ हातले लेख्न सक्ने भएको अर्धबार्षिक परीक्षा दिन सके ।
‘हात मन्द गतिमा दुख्छ, ‘उनले भने, ‘त्यसैले विद्यालय गईन् ।’ चेतनकी आमा पुनम भट्टले गोली चलेको पहिलो दिन आन्दोलनबाट आफुले छोरालाई घर ल्याएको बताईन् । ‘दोस्रो दिन सुटुक्क आन्दोलनमा गएको रहेछ, ‘उनले भनिन, ‘म¥यो भनेर खबर सुने तर भाग्यले बाँच्यो ।’ हातमा रहेका गोलीका छर्रा निकाल्न उनी मंगलबार त्रिवि शिक्षण अपस्पताल हिडेका छन् । उपचारका लागि एक लाख २० हजार रुपैया सरकारले दिएको उनले बताईन् ।
तीन अर्का शक्त घाईतेको पनि अझै पुर्ण सुधार भएको छैन् । भीमदत्त नगरपालिका–२ भाँसीकै ४१ बर्षिय तेजराज भट्टको टाउकोमा गोलीका छर्रा वारपार भयो । उनले भारतको महाजन मेमोरियल अस्पतालमा उपचार गराए । सरकारले दिएका ४० हजार खर्च भईसकेको बताउदै उनले डेढबर्ष औषधी खानुपर्ने बताए । ‘अप्रेसन भएन, डाक्टरले औषधी खानुपर्छ भन्यो, ‘उनले भने, ‘अहिले औषधी खाईरहेको छु, मैले खाने औषधी नेपालमा पाईदैन् ।’ उनले आफ्नो डेढलाख भन्दा बढि खर्च भएको बताए ।
भीमदत्त नगरपालिका–१८ भगतपुरका ४३ बर्षिय शुरेश चटौतको टाउकोमा चोट लागेको थियो । उनले पनि भारतको राममूर्ति अस्पतालमा उपचार गरे । एक लाख ५हजार खर्च भएपनि सरकारले ९२ हजार मात्रै खर्च दिएको उनको दुखेसो छ । ‘अहिले औषधी खाईरहेको छु, ‘उनले भने, ‘घाममा बस्दा टाउको दुख्छ ।’ घरमै व्यवसाय गर्दै आएका शुरेशको व्यवसाय चौपट भएको छ । ‘म पहिले दैनिक चारपाँच हजारको कारोबार गर्दथे, ‘उनले भने, ‘घाईते भएपछि पसलै भाडामा दिएको छु ।’

भीमदत्त नगरपालिका १८ कटानका १४ बर्षिय चेतन भट्टको हातमा गोलीमा छर्रा छन् । चेतनले चिसोमा बेला हात दुख्ने गरेको बताए । महेन्द्रनगर स्थित भृकुटी माध्यामिक विद्यालय कक्षा ८ मा अध्ययनरत भट्ट गोली लागेका कारण नियमित विद्यालय जान नसकेको बताए । ‘कहिले चेकचाँच गर्न जानुपर्छ, ‘उनले भने, ‘कहिले दुख्छ, त कहिले उपचारमै समय जान्छ, पढाई समेत प्रभावित भएको छ ।’
घाईते भएका भीमदत्त नगर–२ भाँसीका १८ बर्षिय उमेश देउवाको पनि अझै स्वास्थ्यमा सुधार भएको छैन् ।
यस्तै भीमदत्त नगर–१८ भगतपुरका ४७ बर्षिय शुरेश चटौत, भीमदत्त नगर–२ भाँसीकै ४१ बर्षिय चेतराज भट्ट र भीमदत्त नगर–१८ निम्बुखेडाकी ३२ बर्षिय मञ्जु गिरी शक्त घाईते भएका छन् । उनीहरु अहिले उपचारमै छन् । ११ साउनमै घाईते भएका भीमदत्त नगरपालिका–१८ कटानका ३४ बर्षिय सुरेन्द्र देउवाको दाईने हातमा चोट लागेको छ । उनको हातमा रड राखिएकाले पहिलो पटक अप्रेसन बिग्रीपछि उनी थप उपचारका लागि त्रिबि शिक्षण अस्पतालमा गएका थिए । देउवाकी धर्मपत्नी आनन्दी राना(देउवा)ले डेढलाख भन्दा बढि खर्च भईसकेपनि निको नभएको बताए । ‘अझै हात दुखिरहेको छ, ‘उनले भनिन, ‘फेरी पनि उपचारका लागि काठमाण्डौँ बोलाएको छ ।’ यस्तै आन्दोलनमा होमिएकी महिला भीमदत्त नगरपालिका–१८ निम्बुखेडाकी ३३ बर्षिय मञ्जु गिरीको स्वास्थ्य अवस्था पुर्ण सुधार भएको छैन् ।
शहिदकी सौतेली आमा र निर्मलाकी आमालाई रोजगारी

निर्मलाको न्यायिक आन्दोलनमा ज्यान गुमाएका भीमदत्त नगरपालिका–१८ सालघारीका १३ बर्षिय सन्नी खुनाकी सौतैली आमा र निर्मलाकी आमा दुर्गादेवि पन्तलाई भीमदत्त नगरपालिकाले रोजगार दिएको छ ।
सन्नीकी आमा सानैमा वितेपछि उनका बाबुले मञ्जुसंग दोस्रो विवाह गरेका थिए । मञ्जुलाई नगरपालिकाले कार्यालय सहयोगीका रुपमा रोजगार दिएको छ । भने, निर्मलाकी आमा दुर्गालाई पनि कार्यालय सहयोगी स्तरकै रोजगारी दिएको हो । सरकारले सन्नीलाई शहिद घोषणा गर्दै उनको परिवार र निर्मलाको परिवारलाई स्थानीय, प्रदेश र संघीय सरकारले १८÷१८ लाख रुपैया राहत दिएको छ । मञ्जु ८ महिना पहिलादेखि रोजगारीमा छ, भने दुर्गा गएको असारदेखि दैनिक ज्यालादारीमा रोजगारी गर्दै आएका छन् ।
निर्मलाको परिवारमा राहतको विषयमा झगडा परेपछि ढिलागरी आमा दुर्गाले राहत बुझेकी थिईन् । निर्मलाको न्यायिक आन्दोलनमा होमिएका अधिकारकर्मीले सरकारकै लार्पबाहीका कारण निर्मलाका वास्तविक हत्यारा सार्वजनिक हुन नसकेको बताएका छन् । अधिकारकर्मी एव नागरिक संघर्ष समितिका संयोजक मिना भण्डारीले सरकाले हत्यारा लुकाएका कारण वास्तविक हत्यारा सार्वजनिक नभएको बताए ।
निर्मलाको सम्झनामा चिल्डे«न पार्क
सरस्वती माध्यामिक विद्यालय कक्षा ९मा अध्ययनरत निर्मला पन्तको सम्झनामा चिल्डे«न पार्क निर्माण भईरहेको छ । भीमदत्त नगरपालिका–२ नम्बर वडाले विद्यालयकै प्राङ्गाणमा चिल्डे«न पार्क निर्माण गर्न लागेको हो ।
भीनपा २ का वडाध्यक्ष डम्बर कार्की (डिके)ले निर्मलाको सम्झनामा गत आर्थिक बर्ष २०७५÷०७६ देखि चिल्डे«न पार्क निर्माण भईरहेको बताए । उनका अनुसार दुईकट्टा जमिनमा पर्खाल निर्माण गरिएको छ । यस बर्षदेखि पार्क निर्माणको काम शुरु हुने अध्यक्ष कार्कीले बताए । पार्क भित्र बालबालिकाको मनोरन्जनका साधन राखिने छन् ।
अनुसन्धान जारी छ ः प्रहरी

कञ्चनपुर प्रहरीले निर्मला हत्याकाण्डको अनुसन्धान जारी रहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख दिनेश आचार्यले अनुसन्धान जारी रहेको जनाएका हुन् ।
प्रहरी उपरीक्षक आचार्यले हत्याकाण्ड न्यारोडाउन भईरहेको बताए । उनले सिआईबी, स्थानीय प्रहरीको टोली अनुसन्धानलाई सुक्ष्म ढङगबाट अनुसन्धान गरिरहेको बताए । ‘निर्मलाका हत्यारा पत्ता नलागुन्जेलसम्म आन्दोलन जारी रहन्छ, ‘उनले भने, ‘नेपाल प्रहरी यसमा रातदिन खटिएको छ, समुदायको सहयोग चाहिन्छ ।’

शुक्रबार, साउन १०, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद

Recent Posts

  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.