कैलाली ९ साउन/बझाङको केदारस्यु गाउँपालीका ९ गल्लेक गाउँमा घर भत्काए सडक विस्तार गरिएको छ । पौडी बजारबाट सेकु, रजाडा हुदै भाम्चौर जोड्ने झण्डै २५ किलोमीटर सडक विस्तारको क्रममा घरनै भत्काएर सडक विस्तार गर्न लागिएको हो ।
बिहीबार डोजरले घर भत्काएपछी स्थानिय बछि बोहराको गाउँबाटै उठीबास भएको छ । सोही घरमा पसल राखेर दैनिकी चलाईरहेका बोहराको घर भत्काएपछी बिपतीका परेका छन ।
यस्तै सड्क विस्तारको नाममा बर्षातको समयमा गाउँमा डोजर चलाउदा स्थानिय त्रसीत बनेका छन् । भिरालो जमीन सधै बाढी पहिरोको चिन्ताले सताउने त्यहाँ स्थानियलाई डोजर आतंकले झनै आतंकित बनाएको हो । साउनको महिना गाउँको बिचबाटै डोजर कुदाउँदा खेतबारीमा लगाएको अन्नबाली नष्ठ भएको स्थानियको गुनासो गरेका छन् ।

खेतको बिचैबाट डोजर कुदाएर आधा भन्दाबढी लगाएको बारि मासीएको भन्दै स्थानिय प्रेम बोहराले दुखेसो पोखेका छन् । उनले भने गाईभैसी पालेर परिवार धान्ने मेलापातबाट घासँ भित्र्याउने समयमै वनमा पनी डोजर चल्यो सबैतिर भोकमरी हुने भयो ।
बर्षातको समयमा सडक विस्तार गर्ने भन्दै डोजर आतंक मच्चाउने यो पहिलो उधारण भने होइन् । सरकारले बाढी पहिराबाट् बच्च उच्च सहर्तकता अपनाउन देशभरनै निर्देशित गरिरहेको बेला विकास निमार्ण नाममा यसरी डोजर आतंक मच्चाउदा स्थानिय सरकारलाई लज्जाबोध गराएको छ ।

यता केदारस्यु गाउँपालीका वडा ९ का वडा अध्यक्ष अहिन्द्र शाहीले सहमतीमै सडक विस्तार गरिएको बताए । उनले भने ‘विकास गर्दा अलीकती विनास हुने कुरा स्वभाविक हो, स्थानियहरुको माग लाई मध्यनजर गर्दै सडक गाउँमा लगेका हौ ।’
