बझाङ, ८ साउन/ बझाङको बित्थडचिर गाउँपालीकाको आर्थिक वर्ष २०७५÷०७६ को सार्बजनिक सुनुवाइ सम्पन्न भएको छ । बुधबार गाउँपालीका कार्यालय देउलेखमा कार्यक्रमको आयोजना गरि गत आर्थिक बर्षमा गाउँपालकिाले गरेको बार्षीक प्रगती र आयव्यय सार्वजनिक गरेको हो ।

कार्यक्रममा जनताको गुनासो र गाउँपालिकाको बार्षीक प्रगतीका बिषयमा शुरु भएको सार्बजनिक सुनुवाईमा सेवाग्राहीहरुले आफ्ना गुनासो गाउपालिका अध्यक्ष तथा वार्ड अध्यक्ष सामु राखेका थिए । सार्बजनिक सुनुवाईमा शिक्षा, स्वास्थ्य , बिकास योजना , कृषि, महिला अधिकारका लगायत गाउपालिकाका सम्पूर्ण गतिबिधिहरुका बिषयमा प्रस्नोत्तर गरिएको थियो ।

बिषयगत रुपमा वार्ड अध्यक्ष तथा गाउपालिकाका अध्यक्ष एबम प्रमुख प्रशासकीय अधिकृतहरुलाई जनताले आफ्ना गुनासा, सुझाव तथा प्रतिक्रियाहरु राखेका थिए ।
गाउँपालीकाले गर्ने राजस्व संकलन पक्रिया निकै झन्जटिलो भएको, वडा कार्यालयमा कर्मचारीहरुको सेवा प्रवाहमा लापरबाही भईरहेको स्थानियहरुको गुनासो रहेको थियो भने, गाउपालिकाले आगामी दिनमा सिपमुलक, आयमुलक तालिम दिनुपर्ने र समग्र बिकाशका निम्ति दीर्घकालीन योजनामा ध्यान दिनुपर्ने स्थानियको सुझाब दिएका थिए ।

बित्थडचिर गाउँपालिकामा अघिल्लो बर्षको तुलनामा कार्यप्रगती भएको देखिए पनि अझै धेरै काम गर्न जरुरी रहेको गाउपालिकाका वार्ड नम्बर– ६ अध्यक्ष हर्क धामीले बताए ।

सो अवसरमा बोल्दै गाउपालिका अध्यक्ष प्रेम बोहराले अब बिकाशको चरण शुरु भैसकेकाले बजेटको अभावमा कुनै पनि कार्यक्रम नरोकिने बताए । उनले राजस्व संकलनको प्रारम्भीक चरण भएकोले केही सास्ती भएको भएपनी अर्को बर्षदेखी वडा कार्यालयहरु बाटै सेवा लिन सकिने व्यवस्था हुने बताए ।

त्यस्तै गाउँपालीका र वडा कार्यालहरुमा स्रोत साधान र कर्मचारी अभावले सेवा प्रभावमा केही समस्या हुने भएपनी चाडै समस्या समाधान हुने प्रतिबद्धता जनाए । उनले प्रत्यक्ष रुपमा राख्न र भन्न नसकेको र थाहा नपाएको बिषयबस्तुलाई सार्बजनिक सुनुवाइले चिरेको बताए ।
कार्यक्रममा गाउँपालिका कार्यपालिका सदस्य लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि, संघ सस्थाका प्रतिनिधि , बुद्धिजीवी समाजसेवी लगायत स्थानियको उपस्थिति रहेको थियो ।