धनगढी, ८ साउन – कैलालीमा जिप दुर्घटना हुँदा ६ जना यात्रु घाइते भएका छन् । बैतडीको पञ्चेश्वरबाट धनगढी तर्फ आउँदै गरेको से १ ज १०७८ नम्बरको बोलेरो जिप बुधवार बिहान ८ बजेतिर बुढितोला नजिकै दुर्घटनामा परेको कैलाली प्रहरीले जनाएको छ ।
घाइते हुनेमा बैतडीको पञ्चेश्वर गाउँपालिका ४ की दुर्गा चन्द, हजारी चन्द, जनक चन्द, रमेश चन्द रहेका छन् ।
त्यस्तै बाराका शिवकुमार पटेल र दाङकी यमाचन्द भुसाल घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले बताए । घाइते ६ जनाको अवस्था सामान्य रहेको र उनीहरूको अत्तरीया स्थित पदमा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।