दूरसञ्चार सेवाको माध्यमबाट कसैलाई गाली, धम्की वा दुःख दिए १५ लाखसम्म जरिवाना र एक वर्षसम्म जेल हुने प्रस्ताव गर्दै कानूनको मस्यौदा बनाइएको हाे । फोन गरेर वा एसएमएसमार्फत अरूलाई गाली गर्ने वा धम्क्याउनेलाई लक्षित गर्दै मस्यौदामा कडा सजायको प्रावधान राखिएको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार पारेकाे नयाँ मस्याैदामा दूर सञ्चारकाकाे माध्यमबाट गाली गर्ने, धम्क्याउने, वा अनावश्यक दुःख दिने काम गरे १० देखि १५ लाख रुपैयाँसम्म जरिवाना वा १ वर्षा कैद सजाय वा दुवै सजाय हुने प्रावधान राखेकाे खबर कान्तिपुर दैनिकमा छ।