एजेन्सी/ भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली र अभिनेत्री अनुष्का शर्मा बा–आमा बन्ने भएका छन्।
विराटले सामाजिक सञ्जालमार्फत आफूहरु बा–आमा बन्न लागेको सार्वजनिक गरेका हुन्। विराटले अनुष्कासितको तस्बिर समेत सामाजिक सञ्जालमा पोस्ट गरेका छन्।
उनले अनुष्का र आफु आगामी जनवरी महिनमा जन्मिने सन्तानको स्वागत गर्न तयार रहेको बताए। विराटका अनुसार अनुष्काले सन् २०२१ को जनवरीमा सन्तान जन्माउने छिन्।
लामो समयको प्रेम सम्बन्धपछि विराट र अनुष्काले सन् २०१७ मा विवाह गरेका थिए।