धनगढी,३० असार- धनगढी उप–महानगरपालिका ७ को वडा स्तरीय सार्वजनिक सुनुवाई कार्यक्रम सोमबार सम्पन्न भएको छ ।
वडा नं ७ ले चालु आर्थिक बर्ष २०७५÷०७६ मा वडा कार्यालयबाट सम्पादन भएका कामहरु, प्रवाह भएका सेवा, पूर्वाधार विकास, सामाजिक क्षेत्रमा गरेका कार्यहरुका बारेमा वडाबासीहरुको सहभागितामा सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको हो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले काम कार्वाहीहरुलाई पारदर्शि बनाउने र सु–शासन प्रवद्र्धन गर्नका लागि सार्वजनिक सुनुवाई महत्वपूर्ण विधी भएको बताए । वडाबासीले दिएका सुझाव तथा गुनासोलाई सम्पतीको रुपमा ग्रहण गरिने पनि नगरप्रमुख वडले बताए ।
धनगढी उप–महानगरपालिका ७ का वडा अध्यक्ष सिताराम रानाले आफु निर्वाचित भएर आईसकेपछि हरेक आर्थिक बर्षमा सार्वजनिक सुनुवाई गर्दै आएको बताए । लोकतन्त्र भनेको खुला शासन ब्यबस्था हो वडा अध्यक्ष रानाले भने, जनताले आफ्नो वडामा संचालन भएका योजना मात्रै होईन सम्पादन हुने हरेक कामका बारेमा जानकारी पाउनुपर्छ । सार्वजनिक सुनुवाई कार्यक्रममा वडा अध्यक्ष मेखराज भट्टले वडाको समग्र प्रतिवेदन पेश गरेका थिए ।
सार्वजनिक सुनुवाई कार्यक्रममा राजनितिक दलका नेताहरु, सामाजिक संघ संस्थाका प्रतिनिधीहरु समेतको उपस्थीति रहेको थियो ।