कैलाली, २४ असार/ नेपाल रेडक्रस सोसाईटी पूुलवारी उपशाखाको आठौं चुवानी अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । मंगलबार फूलवारीमा सम्पन्न चुनावी अधिवेशनबाट सभापतीमा ओम प्रसाद शर्मा सर्वसम्मत चयन भएका छन् ।
उप–सभापतीमा जमुना भण्डारी, सचिवमा कृत बहादुर बिष्ट, कोषाध्यक्षमा खडक बहादुर तिरुवा, उप सचिवमा यादव शर्मा, उप कोषाध्यक्षमा शान्ती बिष्ट चयन भएका छन् ।
त्यस्तै तारा कुमारी लामीछाने, महेश गोले, कृष्ण गीरी, मान बहादुर खत्री र पुर्णा कुमारी खतिवडा सदस्य पदमाचयन भएका छन् ।
सल्लाहकारमा मेघ प्रसाद शर्मा, गोपाल प्रसाद शर्मा, वांधु चौधरी, रामचन्द्र सुवेदी, अमिमाया दाहाललाई अधिवेशनले चयन गरेको छ ।
नेपाल रेडक्रस सोसाईटी कैलाली जिल्ला शाखा सभापती उत्तम जोशी कार्यक्रमका प्रमुख अतिथी रहेका थिए, भने बिशिष्ट अतिथीमा धनगढी उप–महानगरपालीका १८ का वडा अध्यक्ष मुरारी अधिकारी, वडा नम्बर १४ का अध्यक्ष रामबजारी थारु रहेका थिए यस्तै कार्यक्रमका सभापती कार्यवाहाक अध्यक्ष ओम प्रसाद शर्मा गरेका थिए । कार्यक्रममा सञ्चालन कृत बहादुर बिष्टले गरेका थिए ।



