घरेलु टोली इंग्ल्याण्ड अस्ट्रेलियासँग ६४ रनले पराजित भएको हो । २८६ रनले लक्ष्य पछ्याएको इंग्ल्याण्डले ४४ ओभर चार बलमा सबै विकेट गुमाएर २२१ रन मात्रै बनायो ।
उसका लागि बेन स्टोक्सले ८९, जोनी बेयस्टोले २७, क्रिस वोक्सले २६ तथा जोस बट्लर र अदिल रशिदले समान २५–२५ रन बनाए । अरु ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन नसक्दा इंग्ल्याण्ड पराजित भएको हो ।
अस्ट्रेलियाका जेसन बेहरेनडोर्फले पाँच तथा मिचेल स्टार्कले चार विकेट लिए । यसअघि पहिले ब्याटिङ्ग गरेको अस्ट्रेलियाले सात विकेटको क्षतिमा २८५ रन बनायो । उसका लागि कप्तान एरोन फिन्चले शतकीय पारी खेले ।
फिन्चले ११६ बलमा १०० रन बनाए । यस्तै डेविड वार्नरले ६१ बलमा ५३ रन बनाए । स्टिभन स्मिथ र एलेक्स केरीले समान ३८–३८ रन बनाए । जितपछि सात खेलबाट १२ अंकसहित अस्ट्रेलिया शीर्षस्थानमा पुगेको छ ।