• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

जहाँ लकडाउन अन्त्य भएको खुशियालीमा रात्रिभोज गरियो

रब पिचेटा
लकडाउन अन्त्य भएको खुशियालीमा चेक गणतन्त्रको राजधानी प्रागमा १६ सय फुटको टेबल बनाएर सार्वजनिक रात्रिभोज गरिएको छ।

सरकारले विशाल भेला खुला गरेपछि शहरका गल्लीदेखि प्रख्यात चार्ल्स ब्रिजसम्म स्थानीय भेला भएका थिए। कोरोना भाइरसको महाव्याधि सुरू भएपछि चेक गणतन्त्रले बन्दाबन्दी गरेको थियो। नागरिकलाई मास्क लगाउन अनुरोध गर्ने पहिलो देशमध्ये चेक गणतन्त्र पनि एक हो। योसँगै देशले महाव्याधिको गम्भीर प्रभाव हुन दिएन र अन्य थुप्रै देशभन्दा बन्दाबन्दी खुकुलो पनि बनायो।

फलस्वरूप स्थानीयले देशले गरेको प्रगतिमा सामाजिक दूरी हटाएर घरबाहिर भोज गरे।

तर विश्व स्वास्थ्य संगठनले महाव्याधि अन्त्य नभएको चेतावनी दिएको छ। चेक गणतन्त्र सरकारले अझै थुप्रै विदेशीलाई आफ्नो सीमा प्रवेशमा रोक लगाएको छ। यो नियमले पनि भोज सम्भव भएको हो।

“हामी कोरोना भाइरस संकट अन्त्य भएकोले खुशी मनाउन चाहन्छौं। एकअर्कालाई भेट्न कुनै डर छैन भन्ने देखाउन चाहन्छौं,” कार्यक्रम आयोजना गर्ने प्राग क्याफेका मालिक ओन्द्रेज कोब्जाले भने।

“सबैले केही योगदान दिनुपर्ने गरी कार्यक्रम बनाइयो। कसैले खाना ल्याए। कसैले फूल ल्याए। सबै संलग्न हुन् भन्ने ध्येय थियो,” कोब्जाले भने।

सेतो कपडाले छोपिएको टेबलमा फूल सजाइएको थियो। साँझ घाम डुबेको हेर्दै स्थानीयले खानपिन गरे।

चेक गणतन्त्रको जनसंख्या करिब एक करोड छ। जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार देशमा करिब १२ हजार कोरोना भाइरस संक्रमित हुनुका साथै तीन सय ४९ जनाको मृत्यु भएको छ। छिमेकी युरोपेली मुलुकभन्दा चेक गणतन्त्रमा तुलनात्मक रूपले थोरै प्रभाव परेको छ।

बन्दाबन्दी लागु गरेको महिनौंपछि युरोपेली संघले मंगलबार केही नियम कार्यान्वयन गरेको छ। अब १४ देशका यात्रुले युरोपेली संघका देश प्रवेश गर्न पाउने भएका छन्। तर त्यसमा अमेरिका परेको छैन।

युरोपेली संघले तय गरेको सुरक्षित मापदण्डभित्र अमेरिकाको अवस्था समावेश गरिएको छैन।

शुक्रबार, असार १९, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद

Recent Posts

  • सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.