नेत्रराज शाही
सदन भित्र सरिताको , घटना यो सालको ।
जग्गा जमिन् नागरिकता, नुन् पानी नेपालको ।
गुणगान गाउने ईण्डियाको,बिचार कस्तो खालको ।
पद प्रतिष्ठा खोस्नु पर्छ, बैचारिक कङ्गालको ।
साथ जन्ताको हक प्रमाणको, कर्तव्य सरकारको ।
फिर्ता होस् गुमेको भूमि, नक्शा अनुसारको ।
प्रयोग् गर्नु जरुरी छ ,विवेक र बिचारको ।
नआवस् अबस्था देशमा, लडाइँ मारामारको ।
भूमि आफ्नो भयाको नाई, नक्शा भएको छ ।
अब जमिन फिर्ता गर्नु, बाकी रहेको छ ।
सिमाना छुटिने गरी , नदी बगेको छ ।
भारतलाई भूकम्प जस्तै,झट्का गएको छ ।
हिजो हाम्रो किल्ला थियोे, टिष्ठा नालापानी ।
आज् हामी गुमाउन पुग्यौं ,सुस्ता कालापानी ।
साँध् चेप्ने सोझालाई हेप्ने, सँधीयारको बानी ।
दुश्मनले दिल् दुखाउँदै छ, जिउको छालातानी ।