एजेन्सी -विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस महामारीको कारण फिल्मका सुटिङ स्थगित भएका छन् । तर सलमान खानको पछिल्लो फिल्म ‘राधे’ को छायांकन सुरु गरिने बताइएको छ ।
कोरोनाभाइरसका कारण केहि महिनादेखि रोकिएको यस फिल्मको छायांकन अब शुरु गर्न लागिएको भारतीय मिडियाले जनाएको छ । अब भने महाराष्ट्र प्रदेशले जारी गरेको नियमलाई पालना गर्दै छायांकन शुरु गरिने जनाइएको छ ।
यस फिल्मको छायांकनको अनुमति पनि लिइसकिएको बताइएको छ । फिल्मका निर्देशक प्रभु देवाका अनुसार यो फिल्मको बाँकी एउटा गीत अब सुटिङ गरिने र यसको लागि सलमान र अभिनेत्री दिशा पटानीले छायांकन गर्दै छन् ।