स्थानीयका अनुसार मन्दिर घनाजंगलको बीचमा छ। परापूर्वकालमा शिवलिंग आफै उत्पत्ति भएपछि त्यहाँ मन्दिर स्थापना गरिएको हो। मन्दिर परिसरमै महादेव नामको एउटा ठूलो तलाउ पनि रहेको छ। त्यस तलाउमा स्नान गरी दर्शनार्थी शिवजीको पूजा गर्ने गर्दछन्। माघे संक्रान्तिका दिन जलाशयमा स्नान गरी मन्दिरमा दर्शन गर्नाले वर्षभरिको पाप पखालिने जनविश्वास समेत रहँदै आएको छ।
यसका अतिरिक्त त्यहाँ दर्शन गर्नाले पारिवारिक सुख, सन्तान लाभ, धनप्राप्तिका साथै नयाँ जोडी प्राप्त हुने विश्वास गरिन्छ। यस कारणले पनि त्यहाँ नेपाल र भारतका दूरदराजबाट पर्यटक दर्शनका लागि उल्लेख्य संख्यामा आउने गर्दछन्।