कञ्चनपुर,१० कार्तिक/ कञ्चनपुरको भीमदत्त नगरपालिका–४ बजारबाट खैरो हेरोइनजस्तो देखिने पदार्थसहित एक युवक पक्राउ परेका छन्।
सोमबार राति शंका लागेर चेकजाँच गर्ने क्रममा भीमदत्त नगरपालिका–१० बस्ने २४ वर्षीय आशिष लुहारले चलाएको म १ ह ५५६ नम्बरको अटोबाट २ ग्राम ६२० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीले लागूऔषधसहित अटो र चालक लुहारलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।