कञ्चनपुर, कार्तिक / कञ्चनपुरको भिमदत्त नगरपालिकाबाट अवैध लागूऔषध ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
शनिबार भिमदत्त नगरपालिका–११ स्थित ब्यारल चेकपोष्टबाट १ ग्राम ८०० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने धुलो पदार्थसहित सोही नगरपालिकाको वडा नं. १८ बस्ने २६ वर्षीय रामकृष्ण बराल पक्राउ परेका हुन्।
भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका बराललाई इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्दा उक्त पदार्थ फेला परेको हो।
पक्राउ परेका बरालमाथि थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।