धनगढी,८ कार्तिक / कैलालीको टीकापुरमा घरधनी दसैँ मनाउन पोखरा गएका बेला घरमा चोरी भएको छ।
टीकापुर नगरपालिका–१, ब्लक नं. ११ निवासी तुल्सीराम शर्मा पौड्यालको घरबाट सुनचाँदी, नगदलगायतका सामान चोरी भएका हुन्। पीडितका अनुसार घरमा कोही नभएको मौका छोपेर चोरले धनमाल लगेको हो।
टीकापुरमा झन्डै एक वर्षदेखि चोरीका घटना दोहोरिँदै आए पनि चोर पक्राउ नपरेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्। घरमै चोरी हुन थालेपछि स्थानीयवासी आफ्नो सम्पत्तिको सुरक्षालाई लिएर चिन्तित बनेका छन्।