कञ्चनपुर, २१ असोज / कञ्चनपुरको बेदकोट नगरपालिका–७ गाउजीस्थित लुकाइछिपाइ राखेको अवस्थामा प्रहरीले १६ लाख ७८ हजार रुपैयाँ मूल्य बराबरको विभिन्न प्रकारका अवैध पटका बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट प्रहरी निरीक्षक विक्रमबहादुर शाहीको कमाण्डमा खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा शनिबार बेदकोट–७ गाउजीस्थितबाट उक्त पटका बरामद गरेको हो।
बरामद गरिएको पटका आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा ल्याइएको प्रहरीले जनाएको छ।