धनगढी १५ असोज / नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशनअन्तर्गत धनगढी उपमहानगरपालिका–५ को वडा अधिवेशनबाट मिनराज जोशी सभापतिमा निर्वाचित भएका छन्।
अधिवेशनबाट जोशीको नेतृत्वमा नयाँ वडा कार्यसमिति चयन भएको हो। कार्यसमितिको उपसभापतिमा डम्बर दहाल र पुरनदिप रावल, सचिवमा खेमराज जोशी र अनु कुमारी चौधरी तथा सह–सचिवमा जानकी जोशी र लक्ष्मी कुँवर निर्वाचित भएका छन्।
त्यस्तै सदस्यहरूमा लक्ष्मी चौधरी, शुसिला भट्ट जोशी, लक्ष्मी पन्त, खिमा कुमारी ओझा, मिना कुमारी चौधरी, कमला देवी चौधरी, सीता देवी जोशी, धौली देवी बिष्ट, आदर्श विक, वीरेन्द्र कुमार चौधरी र राजेश श्रेष्ठ निर्वाचित भएका छन्।