धनगढी १५ असोज / नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशनअन्तर्गत धनगढी उपमहानगरपालिका–४ को वडा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले गौरव पाण्डेको सभापतित्वमा १७ सदस्यीय वडा कार्यसमिति निर्वाचित गरेको छ।
राष्ट्रिय सभा सदस्य तथा नेपाली कांग्रेस कैलालीका सभापति नारायणदत्त भट्टको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनबाट उपसभापतिमा लीला भण्डारी र अर्जुन हमाल, सचिवमा विशेश्वर प्रसाद भट्ट र शारदा बुढा तथा सहसचिवमा जयन्ती पाण्डे र किशोर पन्त निर्वाचित भएका छन्।
त्यस्तै सदस्यहरूमा नेहा गहतराज, बबिता चौधरी, हेमा बोहरा, दीपा भट्ट, लक्ष्मी भट्ट, किरण पन्त, आर्यन खड्का, टप राज भट्ट, टिका ओझा र गजेन्द्र धामी निर्वाचित भएका छन्।