काठमाडौं, ४ भदौ / बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेकपा एमालेका संसदीय दलका नेता किरण थापा मगरलाई प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गर्ने प्रक्रिया अघि बढाएका छन् ।
प्रदेश प्रमुखको कार्यालयले थापालाई मुख्यमन्त्रीमा नियुक्त गर्ने र शपथ ग्रहण गराउने कार्यक्रम समेत तय गरेको छ ।
प्रदेश प्रमुखको कार्यालयले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्रीमा नियुक्त गर्न आह्वान गरेको थियो ।