• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
बुधबार, साउन २०, २०८३
बुधबार, साउन २०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीमा प्रहरी जवान मृत फेला

  • २. पूजा धानुक मृत्यु प्रकरणले उग्र रूप लियो, जिल्ला प्रहरी कार्यालय कैलालीमा तनाव

  • ३. डोटीमा शिक्षकले मदिरा सेवन गरी कुटपिट गर्दा श्रीमतको मृत्यु

  • ४. पोस्टमार्टमका लागि पूजाको शव नेपालगञ्ज लगियो, श्रीमान सहित पाँच जना प्रहरी नियन्त्रणमा

  • ५. डा. गोविन्द केसी अस्पतालबाट डिस्चार्ज, अटोमा चढेर फर्के

  • ६. कैलालीमा सामाजिक सद्भाव कायम राख्न र्‍याली गर्ने, धार्मिक जुलुस र सभामा पूर्वस्वीकृति अनिवार्य

  • ७. कैलालीका नाकामा भारतबाट नेपाल प्रवेश गर्न परिचयपत्र अनिवार्य

  • ८. स्कुल बस रोकेर विद्यार्थीमाथि खुकुरी प्रहार

  • ९. पूजा धानुक मृत्यु प्रकरण : अन्तिम संस्कारमा अझै सहमति भएन, दुवै पक्षबीच छलफल जारी

  • १०. धनगढीमा विद्यालय र क्याम्पसमै पुगेर गुरुहरूलाई सम्मान गर्‍यो प्राज्ञिक विद्यार्थी परिषद्ले

६१ वर्षदेखि सञ्चालनमा रहेको पृथ्वीपुर भन्सार बन्द, स्थानीय आन्दोलित

धनगढी , २० साउन / सरकारको निर्णयअनुसार भजनी नगरपालिका-५ स्थित पृथ्वीपुर छोटी भन्सार कार्यालय बन्द गरिएपछि स्थानीयवासी आन्दोलनमा उत्रिएका छन् । भन्सार पुनर्स्थापनाको माग गर्दै स्थानीय नागरिक, भजनी उद्योग वाणिज्य सङ्घ तथा विभिन्न सरोकारवाला पक्षको सहभागितामा संघर्ष समिति नै गठन गरी भन्सार कार्यालय पुनः सञ्चालनको माग गरिरहेका छन्।

पृथ्वीपुर भन्सार पुनर्स्थापना सङ्घर्ष समितिका संयोजक अमृत केसीले सरकारले गरेको भन्सार बन्द गर्ने निर्णय त्रुटिपूर्ण रहेको बताएका छन्। उनका अनुसार भजनी नगरपालिका, जोशीपुर गाउँपालिका, कैलारी गाउँपालिका, घोडाघोडी नगरपालिका लगायतका स्थानीय तहका नागरिकले यही नाकामार्फत दैनिक उपभोग्य वस्तुको आयात-निर्यात गर्दै आएका थिए। भन्सारबाट उल्लेखनीय राजस्वसमेत संकलन भइरहेकाले कार्यालय बन्द गर्नु स्थानीय हितविपरीत भएको उनको भनाइ छ।

भन्सार बन्द भएपछि सङ्घर्ष समितिले स्थानीय तहका प्रमुखहरूलाई ध्यानाकर्षण गराउनुका साथै सम्बन्धित भन्सार कार्यालयमा ज्ञापनपत्रसमेत बुझाइसकेको जनाएको छ। यसै विषयमा छलफल गर्न भजनी नगरपालिका, बर्दगोरिया गाउँपालिका, कैलारी गाउँपालिका र घोडाघोडी नगरपालिकाका प्रमुखसहितको टोली बिहीबार काठमाडौं जाने तयारीमा रहेको संयोजक केसीले जानकारी दिए।

उनका अनुसार पृथ्वीपुर भन्सार कार्यालय सत्ति भन्सार कार्यालयबाट करिब २०–२२ किलोमिटरको दूरीमा रहेको छ। सत्ति भन्सारबाट करिब ७ किलोमिटरमै अर्को भन्सार सञ्चालनमा रहँदा पृथ्वीपुर भन्सार मात्र बन्द गर्नुको औचित्यमाथि स्थानीयले प्रश्न उठाएका छन्।

सङ्घर्ष समितिले अब छोटी भन्सार पुनः सञ्चालन मात्र नभई पृथ्वीपुरमा मूल भन्सार कार्यालय नै स्थापना गर्नुपर्ने माग अघि सारेको छ। “अब हामीलाई कुनै पनि हालतमा मूल भन्सार कार्यालय नै चाहिन्छ,” संयोजक केसीले भने।

स्थानीयका अनुसार वि.सं. २०२२ सालदेखि सञ्चालनमा रहेको पृथ्वीपुर भन्सार कार्यालयलाई एकाएक बन्द गर्नु नियमसंगत नभएको र यसले स्थानीय व्यापार, राजस्व संकलन तथा जनजीवनमा प्रत्यक्ष असर पारेको उनीहरूको भनाइ रहेको छ।

बुधबार, साउन २०, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सेती अस्पतालको निर्देशन : कार्यालय समयभित्र निजी स्वास्थ्य संस्था वा क्लिनिकमा सेवा दिन नपाइने
सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत दिने
सुदूरपश्चिममा विपक्षी गठबन्धनले मुख्यमन्त्री शाहविरुद्ध अविश्वास प्रस्ताव दर्ता नगर्ने

Recent Posts

  • सेती अस्पतालको निर्देशन : कार्यालय समयभित्र निजी स्वास्थ्य संस्था वा क्लिनिकमा सेवा दिन नपाइने
  • सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत दिने
  • ६१ वर्षदेखि सञ्चालनमा रहेको पृथ्वीपुर भन्सार बन्द, स्थानीय आन्दोलित
  • सुदूरपश्चिममा विपक्षी गठबन्धनले मुख्यमन्त्री शाहविरुद्ध अविश्वास प्रस्ताव दर्ता नगर्ने
  • किसानले गरेको लगानीको प्रतिफल सहज रूपमा पाउने वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री शाह

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.