• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
मङ्गलबार, साउन १९, २०८३
मङ्गलबार, साउन १९, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीमा २४ बर्षीया पुजाको शंकास्पद मृत्यु, माइती पक्षको हत्या आशंका

  • २. धनगढीमा प्रहरी जवान मृत फेला

  • ३. मृतक पूजाका माइतीले गरे मुद्दा दर्ता, अझै हुन सकेन पोस्टमार्टम

  • ४. पूजा धानुक मृत्यु प्रकरणले उग्र रूप लियो, जिल्ला प्रहरी कार्यालय कैलालीमा तनाव

  • ५. आज पनि देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

  • ६. डोटीमा शिक्षकले मदिरा सेवन गरी कुटपिट गर्दा श्रीमतको मृत्यु

  • ७. पोस्टमार्टमका लागि पूजाको शव नेपालगञ्ज लगियो, श्रीमान सहित पाँच जना प्रहरी नियन्त्रणमा

  • ८. डा. गोविन्द केसी अस्पतालबाट डिस्चार्ज, अटोमा चढेर फर्के

  • ९. मेरा मित्र गोपालमान श्रेष्ठको निधनको खबरले स्तब्ध छु : देउवा

  • १०. कैलालीमा सामाजिक सद्भाव कायम राख्न र्‍याली गर्ने, धार्मिक जुलुस र सभामा पूर्वस्वीकृति अनिवार्य

बाजुराका बारीमा स्याउ पाक्यो, बाटो भने बन्द

बाजुरा १९ साउन/बाजुरामा स्याउ पाक्ने बेला बर्सेनि बाटो बन्द हुने नियतिले यहाँका किसानलाई मर्का पर्ने गरेको छ । गत जेठको अन्तिमदेखि अहिलेसम्म यहाँको मार्तडी–कोल्टी सडक अवरुद्ध छ । यो सडक असोज, कात्तिकयता सञ्चालन हुने सम्भावना पनि छैन ।

यहाँ साउन १५ देखि भदौको अन्तिम साता स्याउ तयार हुन्छ । बुढीनन्दा नगरपालिका–९ का स्याउ किसान प्रकाश रोकाया स्याउ पाक्ने बेला बाटो बन्द हुँदा बिक्री गर्न नपाउने चिन्तित बनेका छन् ।

“मेरो चाररपाँच सय स्याउका बोट छन् । अधिकांश बोट अहिले राम्रोसँग फलेका छन् । यता बारीमा स्याउ पाक्ने समय भयो । उता मार्तडी–कोल्टी सडक खुल्ने छाँट छैन, स्याउ कसरी बजारसम्म पु¥याउने रु” उनको गुनासो छ बाटो बन्द नभएको भए व्यापारी स्याउ लिन स्याउबारीमा आउने गर्थे तर बाटो बन्द भएपछि व्यापारी आउँदैन । आफैँले त्यो स्याउ पिठिउँमा बोकेर बजारसम्म पु¥याउन नसकिने उनको भनाइ छ ।

बर्सेनि दोहोरिने यो समस्या समाधानका लागि धेरै पटक सम्बन्धित निकायमा गुनासो गर्दै आए पनि समस्याको केही सुनुवाइ नभएको रोकायाले बताए ।जिल्लाको पूर्वीउत्तर क्षेत्रका बुढीनन्दा, हिमाली, स्वामीकार्तिक खापर र जगन्नाथ गाउँपालिकामा स्याउ राम्रो फल्ने गर्छ । हिमाली, स्वामीकार्तिक खापर र जगन्नाथ गाउँपालिकाका किसानको स्याउ कर्णाली कोरिडोर हुँदै देशका विभिन्न ठाउँमा जाने गरेको भए पनि यता बुढीनन्दा नगरपालिकामा उत्पादन भएको स्याउ भने बजारसम्म लैजान समस्या हुने गरेको छ ।

फाटफुट रूपमा खप्तडछेडेदहका काँडा, गौमूल र बडीमालिका केही ठाउँमा पनि स्याउ उत्पादन हुन्छ । पहिला यहाँ लोकल जातको मात्र स्याउ उप्पादन हुने गथ्र्यो । अहिले यहाँका किसानले गाला फुजी र गोल्डेन नयाँ जातको स्याउ उत्पादन गर्ने गरेका छन् ।

कृषि ज्ञान केन्द्र बाजुराका अनुसार यहाँ १७० हेक्टर जमिनमा स्याउ खेती गरिन्छ । गत वर्ष एक हजार २० मेट्रिक टन स्याउ उत्पादन भएको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसिराम साहनीले बताए । उनका अनुसार यहाँको स्याउ बजारसम्म पु¥याउन केन्द्रले ढुवानी अनुदान दिने गरेकोे छ ।

मङ्गलबार, साउन १९, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, सतर्क रहन आग्रह
देशभर बदली, धेरै स्थानमा वर्षा, सुदूरपश्चिममा केही क्षेत्रमा भारी वर्षा हुने
बाजुरामा विषालु च्याउ खाँदा श्रीमानको मृत्यु, श्रीमतीको अवस्था गम्भीर

Recent Posts

  • बाजुराका बारीमा स्याउ पाक्यो, बाटो भने बन्द
  • आज अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, सतर्क रहन आग्रह
  • देशभर बदली, धेरै स्थानमा वर्षा, सुदूरपश्चिममा केही क्षेत्रमा भारी वर्षा हुने
  • बाजुरामा विषालु च्याउ खाँदा श्रीमानको मृत्यु, श्रीमतीको अवस्था गम्भीर
  • धनगढीबाट शान्ति र एकताको सन्देश : सद्भाव र्‍यालीमा ‘पहिला नेपाली’ बन्ने प्रतिबद्धता

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.