• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
शनिबार, साउन १६, २०८३
शनिबार, साउन १६, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीमा २४ बर्षीया पुजाको शंकास्पद मृत्यु, माइती पक्षको हत्या आशंका

  • २. धनगढीमा प्रहरी जवान मृत फेला

  • ३. मृतक पूजाका माइतीले गरे मुद्दा दर्ता, अझै हुन सकेन पोस्टमार्टम

  • ४. पूजा धानुक मृत्यु प्रकरणले उग्र रूप लियो, जिल्ला प्रहरी कार्यालय कैलालीमा तनाव

  • ५. आज पनि देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

  • ६. डोटीमा शिक्षकले मदिरा सेवन गरी कुटपिट गर्दा श्रीमतको मृत्यु

  • ७. पोस्टमार्टमका लागि पूजाको शव नेपालगञ्ज लगियो, श्रीमान सहित पाँच जना प्रहरी नियन्त्रणमा

  • ८. डा. गोविन्द केसी अस्पतालबाट डिस्चार्ज, अटोमा चढेर फर्के

  • ९. मेरा मित्र गोपालमान श्रेष्ठको निधनको खबरले स्तब्ध छु : देउवा

  • १०. कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले शपथ लिए

धनगढीमा शान्ति र सद्भावको सन्देशसहित शान्तिपूर्ण सद्भावना र्‍याली

धनगढी, १६ साउन /  धनगढीमा सामाजिक सद्भाव, राष्ट्रिय एकता र शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यले शनिबार साँझ ‘शान्तिपूर्ण सद्भाव र्‍याली’ निकालिएको छ ।

सुदूरपश्चिम सद्भाव जागरण समितिको आयोजनामा भएको र्‍याली धनगढी चौराहाबाट सुरु भई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि पुगेर समापन गरिएको थियो। साँझ ६ बजे सुरु भएको र्‍यालीमा विभिन्न उमेर समूहका नागरिक, सामाजिक अभियन्ता तथा युवाहरूको सहभागिता रहेको थियो।

र्‍यालीमा सहभागीहरूले राष्ट्रिय झण्डा बोकेर ‘हामी सबै नेपाली, हाम्रो पहिचान एक’, ‘धर्म फरक हुन सक्छ, देश एउटै हो’, ‘विविधतामा एकता, नेपाल हाम्रो साझा घर हो’, ‘घृणा होइन, प्रेम र सम्मान’ लगायतका सन्देश प्रवाह गरिएको थियो  ।  हिंसाभन्दा शान्ति, विभाजनभन्दा एकता र घृणाभन्दा भाइचारालाई प्राथमिकता दिनुपर्नेमा जोड दिइएको थियो।

आयोजक समितिले जात, धर्म, भाषा, संस्कृति र राजनीतिक आस्थाभन्दा माथि उठेर नेपालीबीच आपसी विश्वास, सहिष्णुता र सामाजिक सद्भाव बलियो बनाउन र्‍याली आयोजना गरिएको जनाएको छ। नेपालको विविधताभित्र रहेको एकतालाई अझ सुदृढ बनाउँदै सामाजिक मेलमिलाप कायम राख्न सबै नागरिकको भूमिका महत्त्वपूर्ण रहने उनीहरूको भनाइ थियो।

र्‍यालीमा सहभागीहरूले “हामी सबैको साझा जात नेपाली, साझा धर्म नेपाल र साझा मातृभूमि नेपाल” भन्ने भावलाई आत्मसात गर्दै देशलाई विभाजन होइन, एकताबाट अघि बढाउनुपर्ने सन्देश दिएका थिए। साथै, समाजमा बढ्दै गएको वैमनस्य अन्त्य गरी पारस्परिक सम्मान, सहकार्य र भाइचारा कायम गर्न सबै पक्ष जिम्मेवार हुनुपर्नेमा पनि जोड दिइएको थियो।

पछिल्लो समयमा मधेस प्रदेशमा हिन्दू र मुस्लिम समुदायको सम्प्रदायिक द्वन्दले अझै ठूलो रूप लिन नपाओस् र आपसी वैमनस्यता नहोस् एकताको र सद्भावनाको सन्देश दिनको लागि धनगढीमा उक्त र्याली निकालिएको हो ।

शनिबार, साउन १६, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

देउवा अबको आठ दिनपछि नेपाल आउँदै
सुदूरपश्चिममा समसामयिक सुरक्षा तथा विपद् व्यवस्थापनका विषयमा छलफल
कैलालीमा सुतिरहेका बेला सर्पले टोकेर युवतीको मृत्यु

Recent Posts

  • धनगढीमा शान्ति र सद्भावको सन्देशसहित शान्तिपूर्ण सद्भावना र्‍याली
  • देउवा अबको आठ दिनपछि नेपाल आउँदै
  • सुदूरपश्चिममा समसामयिक सुरक्षा तथा विपद् व्यवस्थापनका विषयमा छलफल
  • कैलालीमा सुतिरहेका बेला सर्पले टोकेर युवतीको मृत्यु
  • मधेश प्रदेशका आन्दोलनरत पक्षसँग गृहमन्त्री गुरुङ वार्ता गर्न थाले

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.