• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
शुक्रबार, साउन १५, २०८३
शुक्रबार, साउन १५, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीमा २४ बर्षीया पुजाको शंकास्पद मृत्यु, माइती पक्षको हत्या आशंका

  • २. धनगढीमा प्रहरी जवान मृत फेला

  • ३. मृतक पूजाका माइतीले गरे मुद्दा दर्ता, अझै हुन सकेन पोस्टमार्टम

  • ४. पूजा धानुक मृत्यु प्रकरणले उग्र रूप लियो, जिल्ला प्रहरी कार्यालय कैलालीमा तनाव

  • ५. आज पनि देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

  • ६. डोटीमा शिक्षकले मदिरा सेवन गरी कुटपिट गर्दा श्रीमतको मृत्यु

  • ७. पोस्टमार्टमका लागि पूजाको शव नेपालगञ्ज लगियो, श्रीमान सहित पाँच जना प्रहरी नियन्त्रणमा

  • ८. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ९. डा. गोविन्द केसी अस्पतालबाट डिस्चार्ज, अटोमा चढेर फर्के

  • १०. मेरा मित्र गोपालमान श्रेष्ठको निधनको खबरले स्तब्ध छु : देउवा

एसएसबी पलियाका कमान्डेन्ट राजेश्वरीको विदाईमा धनगढीबाट गएको शुभ ठाकुर सहितको टोलीले गर्यो सम्मान

धनगढी, १५ साउन /  भारतको उत्तर प्रदेशस्थित ३९ औँ वाहिनी, सशस्त्र सीमा बल (एसएसबी) पलियाका कमान्डेन्ट रबीन्द्र कुमार राजेश्वरीको सेवा निवृत्तिको अवसरमा आयोजित सम्मान तथा बिदाइ कार्यक्रममा नेपाली टोली सहभागी भएर उहाँलाई शान्ति र मैत्रीको प्रतीक भगवान गौतम बुद्धको तस्बिर हस्तान्तरण गर्दै सम्मान गरेको छ।

वाहिनी मुख्यालयमा आयोजित विशेष कार्यक्रममा युवा व्यवसायी शुभ ठाकुरको नेतृत्वमा नेपालबाट गएको टोलीमा नेपाल–भारत मैत्री संघ कैलालीका अध्यक्ष राजिव गुप्ता, नेपाल पत्रकार महासंघ कैलाली शाखाका अध्यक्ष श्रवण देउवा, प्रदेश सदस्य भिमबहादुर चौधरी तथा पत्रकार लवदेव धामी सहभागी थिए। नेपाली प्रतिनिधिमण्डललाई कार्यक्रमका आयोजकले विशेष अतिथिका रूपमा आमन्त्रण गरेका थिए।

कार्यक्रमका क्रममा नेपाली टोलीले सेवा निवृत्त कमान्डेन्ट राजेश्वरीलाई बुद्धको तस्बिर प्रदान गर्दै नेपाल–भारतबीचको मित्रता, सद्भाव र सहकार्य अझ सुदृढ हुँदै जाओस् भन्ने शुभकामना व्यक्त गरेको थियो। त्यसपछि आयोजित सम्मान तथा बिदाइ समारोह तथा विशेष रात्रिभोजमा नेपाली टोली पनि सहभागी भएको थियो।

समारोहलाई सम्बोधन गर्ने वक्ताहरूले कमान्डेन्ट राजेश्वरीले आफ्नो कार्यकालमा सीमा सुरक्षा सुदृढीकरण, संगठनात्मक अनुशासन, नेतृत्व विकास तथा नेपाल–भारत सीमावर्ती क्षेत्रमा समन्वय र सहकार्यलाई प्रभावकारी बनाउन उल्लेखनीय योगदान पुर्‍याएको बताए। उहाँको नेतृत्वमा वाहिनीले सुरक्षा र सामाजिक उत्तरदायित्वसँग सम्बन्धित विभिन्न कार्यक्रम सफलतापूर्वक सञ्चालन गरेको पनि उल्लेख गरिएको थियो।

सेवा निवृत्त कमान्डेन्ट राजेश्वरीले आफ्नो कार्यकालमा साथ, सहयोग र विश्वास गर्ने सम्पूर्ण अधिकारी, जवान तथा कर्मचारीप्रति आभार व्यक्त गर्दै राष्ट्र सेवामा बिताएका क्षणहरू जीवनकै सबैभन्दा गौरवपूर्ण सम्झना रहने बताए। उनले संगठनको आगामी सफलताको शुभकामना पनि व्यक्त गरे।

कार्यक्रमको अन्त्यमा कमान्डेन्ट राजेश्वरीलाई सम्मानपत्र, मायाको चिनो, पुष्पगुच्छा तथा शुभकामनासहित सम्मानपूर्वक बिदाइ गरिएको थियो। कार्यक्रममा पलियाका भाजपा नेता रवि गुप्तालगायत एसएसबीका वरिष्ठ अधिकारी, जवान तथा कर्मचारीहरूको पनि उल्लेखनीय उपस्थिति रहेको थियो।

शुक्रबार, साउन १५, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

पुजा धानुक मृत्यु प्रकरण: अनुसन्धानमा सहयोग गर्न प्रहरी कार्यालय कैलालीको आग्रह
धनगढीमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप, विजेतालाई एक लाख रुपैयाँसम्म पुरस्कार
बडीकेदारकी तत्कालीन उपाध्यक्ष बोहरालाई थुनामा राख्न अदालतको आदेश

Recent Posts

  • पुजा धानुक मृत्यु प्रकरण: अनुसन्धानमा सहयोग गर्न प्रहरी कार्यालय कैलालीको आग्रह
  • धनगढीमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप, विजेतालाई एक लाख रुपैयाँसम्म पुरस्कार
  • एसएसबी पलियाका कमान्डेन्ट राजेश्वरीको विदाईमा धनगढीबाट गएको शुभ ठाकुर सहितको टोलीले गर्यो सम्मान
  • बडीकेदारकी तत्कालीन उपाध्यक्ष बोहरालाई थुनामा राख्न अदालतको आदेश
  • कैलालीमा मोटरसाइकलको ठक्करबाट घाइते बालकको मृत्यु

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.