• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
बुधबार, साउन १३, २०८३
बुधबार, साउन १३, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीमा २४ बर्षीया पुजाको शंकास्पद मृत्यु, माइती पक्षको हत्या आशंका

  • २. मृतक पूजाका माइतीले गरे मुद्दा दर्ता, अझै हुन सकेन पोस्टमार्टम

  • ३. आज पनि देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ६. मेरा मित्र गोपालमान श्रेष्ठको निधनको खबरले स्तब्ध छु : देउवा

  • ७. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ८. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

  • ९. विदेशबाटै निर्णय गर्दै लम्कीचुहाकी मेयर शाही, कर्मचारीमाथि कारबाहीको डण्डा 

  • १०. बैतडी समाज कैलालीद्वारा ६ जना सल्लाहकार नियुक्त

सुदूरपश्चिमबाट निर्यात भएका अधिकांश वस्तु कच्चापदार्थ र वनजन्य उत्पादन

धनगढी, १३ साउन  /  कैलाली–कञ्चनपुर सीमामा रहेको सुदूरपश्चिमको प्रमुख भन्सार नाका गौरीफन्टाबाट आर्थिक वर्ष २०८२/८३ मा रु एक अर्ब २९ करोड ७७ लाख रुपैयाँभन्दा बढी मूल्यका वस्तु निर्यात भएका छन् । कैलाली भन्सार कार्यालयका अनुसार यसरी निर्यात भएका अधिकांश वस्तु कच्चापदार्थ र वनजन्य उत्पादनमै सीमित छ, जसबाट रु एक करोड ८४ लाख ७१ हजार ७२३ राजश्व संकलन भएको छ । यसले सुदूरपश्चिममा मूल्य अभिवृद्धि गर्ने उद्योगको विकास हुन नसकेको र निर्यात अझै प्राकृतिक स्रोतमा आधारित रहेको देखिएको छ ।

भन्सार कार्यालयका अनुसार यहाँबाट सबैभन्दा धेरै रु ४४ करोड २७ लाख २८ हजार ५०० बराबरको रोजिन तथा रेजिन एसिड निर्यात भएको छ । त्यसपछि कत्था रु २१ करोड ६६ लाख ७९ हजार ८४०, वनस्पतिबाट प्राप्त हुने रस तथा अर्क रु १६ करोड ९२ लाख २००, रेपसिड तेल उद्योगको अवशेष ९आयल केक० रु १३ करोड एक लाख ५७ हजार ४४८ र तरल कत्था रु १२ करोड ७८ लाख ८४ हजार बराबर निर्यात भएको छ । यस्तै, टर्पेन्टाइन तेल रु १२ करोड सात लाख ९७ हजार ६००, प्लाइउडमा प्रयोग हुने भिनियर सिट रु रु तीन करोड ५७ लाख ४५ हजार ७५८, खयर कत्था रु तीन करोड २९ लाख आठ हजार र टाल्कजस्ता वस्तु रु दुई करोड १५ लाख ४१ हजार १३६ को निर्यात भएको छ । यीमध्ये अधिकांश वनजन्य स्रोत वा सामान्य प्रशोधनपछि निर्यात हुने वस्तु हुन् । उच्च मूल्य अभिवृद्धि भएका औद्योगिक उत्पादन भने शीर्ष निर्यात सूचीमा छैनन् ।

यस्तो निर्यात संरचनाले प्रदेशमा उद्योगीकरण कमजोर रहेको देखाएको छ । स्थानीय कच्चा पदार्थ प्रशोधन गरी अन्तिम उत्पादनका रूपमा निर्यात गर्न सकिए निर्यातको मूल्य र रोजगारी दुवै बढ्न सक्ने अवस्था रहेको जानकारहरु बताउँछन् ।

गत आवमा २०८२/८३ मा कुल रु नौ अर्ब ७१ करोड १५ लाख छ हजार राजस्व उठाउने लक्ष्य पाएकामा रु आठ अर्ब ३९ करोड ८५ लाख ६० हजार राजस्व संकलन गरेको छ । यो लक्ष्यको ८६ दशमलव ४८ प्रतिशत हो । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा भने कार्यालयले रु ११ अर्ब १६ करोड २६ लाख ३० हजार लक्ष्यमध्ये रु आठ अर्ब ६६ करोड ९८ लाख रुपैयाँ अर्थात् ७७ दशमलव ६७ प्रतिशत राजस्व उठाएको थियो । यस आधारमा लक्ष्य प्राप्तिको प्रतिशतमा गत वर्षभन्दा यस वर्ष करिब आठ दशमलव ८१ प्रतिशत बिन्दुले सुधार देखिएको छ ।

यहाँ डिजेल, पेट्रोल, एलपी ग्यास, कागज, खाद्य सामग्री, फुड सप्लिमेन्ट, बिटुमिन, तोरीलगायतका वस्तु ठूलो परिमाणमा आयात भएका छन् । डिजेल आयातबाट मात्रै रु तीन अर्ब ३८ करोड ६० लाख सात हजार ३०९ राजस्व संकलन भएको छ, जुन कुल राजस्वको ४० दशमलव ३२ प्रतिशत हो । दोस्रो स्थानमा रहेको पेट्रोल आयातबाट रु एक अर्ब ६५ करोड ७० लाख ५९ हजार ६२० अर्थात् १९ दशमलव ७३ प्रतिशत राजस्व प्राप्त भएको छ । डिजेल र पेट्रोलबाट मात्रै कुल राजस्वको करिब ६० प्रतिशत योगदान रहेको तथ्यांकले देखाउँछ ।

यसैगरी एलपी ग्यासबाट रु ३४ करोड ८२ लाख ३५ हजार ६६८, कागज तथा पेपरबोर्डबाट रु ३६ करोड ९८ लाख ६१ हजार १३८, दालमोठ, पापड, भुजियालगायतबाट रु रु १०, फुड सप्लिमेन्टबाट रु नौ करोड नौ लाख छ हजार ९८५, पेट्रोलियम बिटुमिनबाट रु आठ करोड ७७ लाख ८७ हजार ५६, तोरी रु सात करोड ३९ लाख ८६ हजार २३८, एभिएसन टर्बाइन इन्धन रु पाँच करोड ५३ लाख ३२ हजार ९४० र बेकरीजन्य वस्तु आयातबाट रु पाँच करोड १४ लाख ८८ हजार ८८९ राजस्व संकलन भएको कार्यालयका सूचना अधिकारी प्रकाश तिमिल्सिनाले जानकारी दिनुभयो ।

बुधबार, साउन १३, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले शपथ लिए
मृतक पूजाका माइतीले गरे मुद्दा दर्ता, अझै हुन सकेन पोस्टमार्टम
आज पनि देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

Recent Posts

  • कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले शपथ लिए
  • सुदूरपश्चिमबाट निर्यात भएका अधिकांश वस्तु कच्चापदार्थ र वनजन्य उत्पादन
  • मृतक पूजाका माइतीले गरे मुद्दा दर्ता, अझै हुन सकेन पोस्टमार्टम
  • आज पनि देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द
  • धनगढीमा २४ बर्षीया पुजाको शंकास्पद मृत्यु, माइती पक्षको हत्या आशंका

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.