धनगढी, ११ साउन/डा. गोविन्द केसीका माग सम्बोधनका विषयमा सरकारी वार्ता टोली र डा। केसी पक्षबीच आज (सोमबार) पुनः वार्ता हुने भएको छ।
आइतबार दिनभर चलेको वार्तामा केही विषयमा सहमति नजिक पुगे पनि सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको कुलपति नियुक्ति तथा निजी मेडिकल कलेजलाई सम्बन्धनरस्वीकृति दिने संख्यासम्बन्धी विषयमा सहमति जुट्न नसकेपछि अन्तिम निष्कर्षमा पुग्न सकिएको थिएन।
दुवै पक्षले बाँकी विवादित विषयमा थप छलफल गर्ने सहमतिसहित वार्ता सोमबार बिहान १० बजेसम्मका लागि स्थगित गरेका थिए।
आज हुने वार्ताबाट बाँकी विवाद टुंग्याएर सहमति हुने अपेक्षा गरिएको छ। वार्ताको नतिजापछि डा। केसीको जारी सत्याग्रहबारे थप निर्णय हुने बताइएको छ।
