• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ६. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

नेपाली एक रुपैयाँको सिक्का तयार भयो चुच्चे नक्सासहित

धनगढी, ९ साउन  /  सरकारले एक रुपैयाँको सिक्कामा चुच्चे नक्सासहितको डिजाइन तयार पारेको छ । उक्त डिजाइनमा आकाश भैरवको चित्र पनि राखिएको छ । अर्थ मन्त्रालय स्रोतका अनुसार, उक्त डिजाइन मन्त्रिपरिषद् बैठकबाट पास भएर अर्थ मन्त्रालय हुँदै नेपाल राष्ट्र बैंक पुगिसकेको छ ।

यसअघि नेपाल राष्ट्र बैंकले मुस्ताङको घार गुम्बासहित तस्वीर राख्नेगरी स्वीकृतिका लागि पठाएको डिजाइनलाई मन्त्रिपरिषद्ले फिर्ता गरिदिएको थियो । राष्ट्र बैंकलाई एक रुपैयाँको सिक्काको प्रस्तावित डिजाइन परिमार्जन गरेर नयाँ प्रस्ताव बनाएर ल्याउन सरकारले भनेको थियो ।

राष्ट्र बैंक ऐनमा कुनै पनि नोट वा सिक्काको डिजाइन स्वीकृत गर्दा वा डिजाइन परिवर्तन गर्दा त्यसलाई मन्त्रिपरिषद्‍बाट स्वीकृत गराउनुपर्ने व्यवस्था छ । राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले नयाँ सिक्कामा नेपालको नक्सा नहट्ने जानकारी आफूलाई रहेको बताए । ‘नेपालको नक्साबिना नयाँ सिक्काको डिजाइन बन्दैन भन्ने कुरा मेरो जानकारीमा आएको छ,’ उनले अनलाइनखबरसँग भने, ‘तर, तौल र आकारमा परिवर्तन गरिँदैछ ।’ हाल रहेको एक रुपैयाँको सिक्का तयार पार्दा त्यो भन्दा बढी मूल्य पर्न गएकाले भार कम गर्नेगरी तौल र आकारमा परिमार्जन गर्न लागिएको पनि उनले बताए ।

‘यसअघि पनि केही तौल घटाउन खोजेका थियौं । अहिले एक रुपैयाँको सिक्कालाई पैसाभन्दा पनि बढी पर्छ,’ उनले भने, ‘अहिले भइरहेको सिक्कामा प्रयोग भएको धातु भनेको मिश्रित हो । त्यो धातुलाई हामीले परिवर्तन गरेर स्टिल मात्रै राख्न खोजेको हो ।’ यो परिवर्तन गरेसँगै मूल्यमा कमी आउने र वातावरणीय हिसाबले पनि उत्कृष्ट मानिने उनले बताए ।

सिक्कामा ६४ वटा थोप्ला हुन्छन्, जुन ६४ योगिनीको प्रतिक मानिन्छ । उनले थपे, ‘सिक्कामा हुने तस्वीरकोसांस्कृतिक महत्व हुन्छ । सिक्का आफैंमा ऐतिहासिक चिज मानिन्छ । सिक्कामा प्रयोग हुने चिजले विशेष अर्थ राख्छन् ।’ विगतमा पनि सरकारले नयाँ सिक्का बनाउँदा केही कुराहरू परिमार्जन गर्ने गरेको उनी स्मरण गर्छन् । यद्यपि स्पष्ट अर्थ राख्ने रणनीतिक नीति भने सरकारले लिएको निर्णयमा भर पर्ने उनी बताउँछन् ।

शनिबार, साउन ०९, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.